Advertisement
विज्ञापन

पहिलो पाइला नेपाल तिलाेत्तमा शाखा द्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न



Advertisement
विज्ञापन

अश्विन २३, बुटवल नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा पहिलो पाइला नेपाल तिलोत्तमा शाखाले शुभकामना आदान प्रदान कार्यक्रम तिलोत्तमा ५ स्थित रामचन्द्र मैनादेवी अनाथ आश्रममा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा पहिलो पाइला नेपाल तिलोत्तमा शाखा अध्यक्ष उमाकुमारी बस्नेत काे अध्यक्षता,
पहिलो पाइला नेपाल केन्द्रीय अध्यक्ष विनोद महत काे प्रमुख आतिथ्यता ,पहिलो पाइला नेपाल केन्द्रीय वरिष्ठ उपाध्यक्ष आयुष पौडेल ,केन्द्रीय सदस्य एवं पहिलो पाइला नेपाल तिलोत्तमा शाखा संस्थापक अध्यक्ष सन्तोष खरेल,पहिलो पाइला केन्द्रीय कोषाध्यक्ष एवम पहिलो पाइला नेपाल तिलाेत्तमा शाखा निवर्तमान अध्यक्ष सन्देश पाेख्रेलकाे विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा कार्यक्रम संयोजक पहिलो पाइलो नेपाल तिलोत्तमा शाखा कार्यसमिति सदस्य तृप्ति न्यौपाने,
रामचन्द्र मैनादेवी आश्रम, आश्रम सञ्चालक मैनादेवी भण्डारी लगायतको आतिथ्यता रहेकाे थियाे ।

 


Advertisement
Advertisement

 

कार्यक्रममा पहिलो पाइला नेपाल तिलोत्तमा शाखा सदस्य लक्ष्मी गैरे , आश्रम सञ्चालक मैनादेवी भण्डारी ,केन्द्रीय सदस्य एवं पहिलो पाइला नेपाल तिलोत्तमा शाखा संस्थापक अध्यक्ष सन्तोष खरेल,पहिलो पाइला केन्द्रीय कोषाध्यक्ष एवम पहिलो पाइला नेपाल तिलाेत्तमा शाखा निवर्तमान अध्यक्ष सन्देश पाेख्रेलकाे
,पहिलो पाइला नेपाल केन्द्रीय वरिष्ठ उपाध्यक्ष आयुष पौडेल पहिलो पाइला नेपाल केन्द्रीय अध्यक्ष विनोद महत लगायतले मन्तव्य राखेक थिए।

कार्यक्रममा बाेल्दै आश्रम सञ्चालिका मैनादेवी भण्डारीज्यूले उक्त कार्यक्रमलाई आफ्नो आश्रममा आएर कार्यक्रम गर्दै गर्दा हर्षित रहेको र शाखा परिवारप्रति कृतज्ञता व्यक्त गर्दै आउँदो दिनहरूमा पनि यस्तै कार्यक्रमहरू गरि पाउ भन्ने आशा राख्दै बताइन।

त्यसैगरि कार्यक्रममा बोल्दै पहिलो पहिला नेपाल तिलोत्तमा शाखा संस्थापक अध्यक्ष एवं केन्द्रीय सदस्य सन्तोष खरेल र पहिलो पाइला केन्द्रीय कोषाध्यक्ष एवम पहिलो पाइला नेपाल तिलाेत्तमा शाखा निवर्तमान अध्यक्ष सन्देश पाेख्रेलले अहिलेको समय अनुकूल तरिकाले दशैं तिहार मनाउनु हुन अनुरोधका साथै आफ्नो हैसियत हेरेर आफूले सक्ने खर्च गर्ने र अभिलाषाको लागि धेरै विकृति ननिम्त्याउने र जसरी आजको यो कार्यक्रम आश्रममा गरेर एउटा उदाहरणीय काम गरेकोमा शाखाप्रति कृतज्ञताका साथ नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली एवं छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै पहिलो पाइला नेपाल केन्द्रीय वरिष्ठ उपाध्यक्ष आयुष पौडेलज्यूले शाखाको यो कार्यलाई उदाहरणीय भयकाे बताउदै सम्पूर्णलाई विजयादशमी शुभ दीपावली एवं छठ पर्वको शुभकामना व्यक्त गर्दै आउँदो दिनहरूमा यस्तै कार्यक्रम गरी उदाहरणीय शाखालाई प्रेरित गरी सम्पूर्णलाई शुभकामना व्यक्त गरेकि थिइन ।

मन्तव्यकै क्रममा पहिलो पाइला नेपाल केन्द्रीय अध्यक्ष विनाेद महतले शाखाले होटल या अन्य कुनै विलासिता नरोजेर यो गंगारुपी आश्रममा आएर कार्यक्रम गरी एउटा उदाहरणीय काम गरेकोमा शाखाको प्रशंसा एवं सम्पूर्णलाई शुभकामना व्यक्त गरेका थिए।

त्यसैगरी कार्यक्रमलाई समापन गर्ने क्रममा शाखा अध्यक्ष उमाकुमारी बस्नेतले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै सम्पूर्णलाई शुभकामना व्यक्त गर्दै गङ्गारुपी पवित्र स्थानमा हामीलाई आएर कार्यक्रम गर्नका निमित्त स्थान प्रदान गरिदिनुभएकोमा आश्रम सञ्चालिका मैनादेवी भण्डारीलाई धन्यवादका साथै सम्पूर्ण उपस्थित शाखा पदाधिकारी शाखा सदस्यज्यूहरूलाई धन्यवाद ज्ञापन गर्दै सम्पूर्णबाट यस्तै साथ सहयोगको अपेक्षाकाे आश गरेकाे बताइन ।

कार्यक्रममा पहिलो पाइला नेपाल तिलोत्तमा शाखाले आश्रममा रहेका अनाथ बालबालिकालाई अभिभावकीय भूमिका खेल्दै बिहानी खाजा, निधारमा रातो टिका एवं खाममा दक्षिणाका प्रदान गरेकाे थियाे ।

उक्त कार्यक्रम तृप्ती न्यौपानेकाे स्वागत मन्तव्य पहिलो पाइला नेपाल तिलोतमा शाखा अध्यक्ष उमा कुमारी बस्नेतकाे अध्यक्षता , र सचिव सन्देश पाण्डेकाे सञ्चालनमा सम्पन्न भयकाे हाे



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad