गुल्मीमा चार संगठनद्वारा संयुक्त रुपमा शुभकामना आदानप्रदान
गुल्मी । गुल्मीमा चार संगठनले संयुक्त रुपमा शुभकामना आदानप्रदान गरेका छन् । बिजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा पेशागत महासंघ नेपाल गुल्मी, स्वास्थ्यकर्मी महासंघ नेपाल गुल्मी, नेपाल निजामती कर्मचारी संगठन गुल्मी र नेपाल राष्ट्रीय शिक्षक संगठन गुल्मीले तम्घासमा शुभकामना आदानप्रदान गरेका हुन् ।
पेशागत महासंघ नेपालका जिल्ला अध्यक्ष गोपाल प्रसाद पाण्डेको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय सदस्य जंग नेपालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा एमाले नेता, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, चार संगठनका नेता पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
पेशा ब्याबसायका अतिरिक्त आपसी भेटघाट र आत्मीयता साट्न मुख्य चाडपर्वलाई केन्द्रित गरेर शुभकामना आदानप्रदान राखिएको हो । नेपाल निजामती कर्मचारी संगठन गुल्मीका अध्यक्ष भिम खनालको स्वागत तथा राष्ट्रीय स्वास्थ्यकर्मी महासंघ नेपाल गुल्मीका अध्यक्ष बोम अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।