शसस्त्र प्रहरीद्वारा घाईतेको उद्वारबारे ‘डेमो प्रदर्शन’
बुटबल।शसस्त्र प्रहरी बल नेपाल २७ गण हेडक्वाटर रूपन्देहीले सडक दुर्घटना सम्बन्धित संयुक्त उद्वार अभ्यासको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।
शसस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाको संयुक्त सुरक्षा टोलीले जुनसुकै समयमा आईपर्ने बिपदका बेला घाईतेहरूलाई सुरक्षित तरिकाले कसरी छिटोछरितो उद्वार गर्न सकिन्छ भन्ने बारे डेमो प्रदर्शन गरीएको थियो । बुटवलको नयाँ बसपार्कमा गरीएको डेमो प्रदर्शनमा एउटा यात्रुबाहक बस सडक दुर्घटनामा परेपछि बस भित्रका यात्रुहरूलाई उद्वार गरीएको बारे डेमो प्रदर्शन गरीएको हो । प्रहरीलाई खबर आउँछ बस दुर्घटना भयो ।
तत्कालै नजिकै रहेको नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थलमा तत्काल गर्न सकिने उपचार सामग्री फ्रष्टेज बक्स स्टेचर सहित घटना स्थल पुग्छन तत्कालै उद्वारमा खटीन्छन । उद्वार टोलीले दुर्घटनामा परी गम्भीर घाइते भएका मानिसहरूलाई तत्कालै एम्बुलेन्स मार्फत अस्पताल पुराउने ब्यबस्था गरीएको हुन्छ भने सामान्य घाईतेलाई घटनास्थलमा सामान्य उपचार गरेर अस्पताल पुराउने गरी काम गरेको देखिन्छ । घटना स्थलबाट उद्वार गर्दै गर्दा समेत घाईतेहरूको अवस्था बारे बुझदै सम्झाउँदै काम गरेको प्रदर्शन गरेको डेमोमा देखाईएको थियो ।
बिपदमा परेका मानिसहरू बारे समयमा सूचना पाए बिपदबारे हुने मानबिय क्षेतिलाई कम गर्न यस्ता उद्वारकार्यले ठूलो सहयोग मिल्ने डेमो हेरीरहेका दर्शकहरू बताउँछन । समयमा खबर पाए सुरक्षा निकायहरूले गर्ने उद्वार धेरै राम्रो सुझबुझका साथ गरेकाले घटनामा परेका मानिसहरूको ज्यान जोगीने देखीएको डेमो हेरीरहेका दर्शकहरूको बताईरहेका थियो ।
संयुक्त डेमो हेरीरहेका बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पान्डेयले पछिल्लो समय दुर्घटनामा परेका घाईतेहरूको उद्वार गर्ने भन्दा फोटो खिच्ने भाईरल बनाउने कामले प्रश्रय पाईरहेको यसलाई रोक्नु जरुरी रहेको बताए । तिनवटा सुरक्षा फौज शसस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाले गरेको उदारकार्य धेरै आशालाग्दो रहेको भन्दै घाईतेहरूले समयमा उद्वार पाए धेरैको ज्यान जोगिने भन्दै प्रमुख पाण्डेयले भने बिशेष गरेर शसस्त्र प्रहरीले बिपदका बेला उद्वारमा राम्रो काम गर्दै आएको बताए । डेमोले उद्वारमा थप सहयोग मिल्ने भन्दै प्रमुख पाण्डेयले भने देखाएको भन्दा अझै राम्रो गरी जनताको उद्वारमा लागेको देख्न पाईयोस शुभकामना छ ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कुनैपनि समयमा आईपर्ने घटनामा परेका मानिसहरूको समयमा उद्वार गर्दा धेरैेको जीवन बच्ने हुँदा सबैपक्ष उद्वारमा ध्यानपूर्वक लाग्नुपर्ने उनको भनाइ छ । शसस्त्र प्रहरी नेपाल २७ नम्बर गण हेडक्वाटरका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक आनन्द थापाले शसस्त्र प्रहरीले बिपदमा परेका मानिसहरूको उद्वार कार्यमा ठूलो भूमिका खेलेको बताए ।
पछिल्लो समय शसस्त्र प्रहरीका सबै कर्मचारीलाई बिपदबारे आधारभूत तालिम दिँदै आएको भन्दै शसस्त्र प्रहरीले सिमा सुरक्षा, आन्तरिक सुरक्षा राजश्व चुहावट नियन्त्रण सँगै बिपद उद्वारका क्षेत्रमा बिशेष बनाउँदै लगीरहेको प्रमुख थापाको भनाइ छ । देशमा हुने बिपदबाट हुने क्षतिलाई न्यूनीकरण गर्न समय समयमा यस्ता डेमो प्रदर्शनले ठूलो भूमिका खेल्ने र कुनैपनि घटना दुर्घटनाबाट हुने क्षति तथा उद्वारलाई थप बलियो बनाउन सहयोग पुग्ने प्रमुख थापाको भनाइ छ ।