Advertisement
विज्ञापन

गोरुसिङ्गे – सन्धिखर्क मुख्य सडक अवरुद्ध



Advertisement
विज्ञापन

अर्घाखाँचीको सन्धिखर्क– गोरुसिङ्गे सडक विभिन्न ठाउँमा पहिरो जाँदा अवरुद्ध भएको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण यस मुख्य सडक अवरुद्ध हुँदा धेरै यात्रुहरू अलपत्र परेका छन्।

यो सडकखण्ड महेन्द्र राजमार्गसँग प्रत्यक्ष रुपमा जोडिएको छ । सडक अवरुद्ध हुँदा बुटवलदेखि गोरुसिंगे हुँदै जिल्ला सदरमुकाम सम्म नियमित सञ्चालन हुने सवारीसाधान चल्न सकेका छैनन्।


Advertisement
Advertisement
Advertisement

यता जिल्ला प्रशासन कार्यालयले सडकमा यात्रा गर्दा बाटो ठीक छ वा छैन भनी बुझेर, अत्यावश्यक काम बाहेक यात्रा नगर्न र सतर्क रहन निर्देशन दिएको छ। लगातारको बर्षाले अर्घाखाँचीमा दर्जन बढी ठाउँमा पहिरो गई सडक अवरुद्ध हुन पुगेको छ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ६ जगता देखि नरपानि सम्म १२ ठाउमा पहिरोले बाटो अबरोध हुँदा सवारी आवतजावत ठप्प भएको छ। उक्त बाटो खुल्ला गर्नका लागि नरपानी बाट असइको कमाण्डमा ४ जना जेसिभी सहित खटिइएर काम सुरु गरीएको छ।

त्यस्तै सितगंगा नगरपालिका वडा नम्बर १२ बसेरि देखि सितगंगा नगरपालीका वडा नम्बर २ सितापुर सम्म ३ ठाउँमा बाटो अबरोध रहेको छ।

जहाँ सितापुरमा जेसिभीको सहित टोलि खटिएर बाटो खुलाउने प्रयास गरिरहेको छ र सितगंगा १२ हिलेखोला तर्फ सई डम्बर बुढाथोकीको कमाण्डमा ४ जना टोलि खटिइएर अबरोध बाटो हटाउने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad