Advertisement
विज्ञापन

पाँच तलाको बन्दैछ प्यूठान अस्पताल



Advertisement
विज्ञापन

प्युठान।प्युठान अस्पतालको नयाँ सुविधा सम्पन्न भवनको निर्माण कार्य १५ प्रतिशत सम्पन्न भएको छ । विस्तृत परियोजना रिर्पोट अनुसार २९ करोड ३९ लाख ४८ हजार ३ सय ७८ रूपैयाँमा लाग्ने अनुमान गरिएको भवनको २१ करोड ३० लाख ५३ हजार ७ सय ६८ रूपैयाँको ठेक्का सम्झौता गरिएको छ ।
२०८३ जेठ ६ गते सम्पन्न गर्ने गरी ग्राण्ड डिजाइन कन्ट्रक्सन प्रा।लि। नेपालगंज ले ठेक्का लिएको शहरी बिकास तथा भवन कार्यालय दाङका इन्जिनियर मनोज नेपालीले जानकारी दिए । पर्याप्त भौतिक संरचनाको अभावमा सधै वेडको समस्या भइरहने प्यूठान अस्पतालमा सुबिधा सम्पन्न भवन निर्माण हुन लागेको हो । जमिनमुनि अन्डर ग्राउण्ड पार्किङ, लिफ्ट सहितको अपाङ्ग, बालमैत्रि, भूकम्प प्रतिरोधी ५ तले भवन निर्माण गर्न थालिएको उनले बताए ।

अस्पतालमा नयाँ सुबिधा सम्पन्न भवन निमास्ण पछि अस्पतालले दिने सेवामा सुधार हुने आशा रहेको स्थानीय नविन गौतमले बताए । ‘भौतिक पूर्वाधारको अभावमा बिरामीहरूलाई सास्ती छ’ उनले भने,‘ भवन निर्माणले सुधारको आशा देखाएको छ, यसलाई समयमै सम्पन्न गर्न सबै सरोकारवाला चनाखो हुनुपर्दछ ।’ जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर र भवन अभाव हुँदा स्वास्थ्य सेवा प्रभावित भएको उनको भनाइ छ । कार्यालयका अनुसार हाल अस्पताल परिसरमा रहेका ८ वटा पूराना टहराहरू हटाएर सोही ठाउँमा ५५ हजार बर्गफिट क्षेत्रफलको ५ तल्ले भवन निर्माण हुने कार्यालयले जनाएको छ । हाल भवन निर्माण १५ प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर नेपालीले जानकारी दिए ।


Advertisement
Advertisement

एउटै भवनमा ५० शैया निर्माण भएपछि अन्य ११ वटा भवनहरूलाई आवास, क्यान्टिन, ओपिडी जाँच कक्षहरू निर्माणले विरामीलाई सहजता हुने विश्वास गरिएको छ । २०४३ सालदेखि १५ शैयाको सेवा दिन थालेको प्यूठान अस्पतालले हाल ५० शैय्याको सेवा प्रबाह गरिरहेको छ । ३१ रोपनी क्षेत्रफलका साना ठूला गरी १९ भवन संरचनाहरू रहेको अस्पतालमा पर्याप्त ठाउँ नहुँदा एकै कोठाबाट दुई विशेषज्ञले सेवा दिँदा विरामीले सांस्ती खेप्दै आएका छन् । बिभिन्न रोगका विशेषज्ञ चिकित्सक सहितको सेवा रहेको प्यूठान अस्पतालमा नयाँ भवन निर्माण भएपछि सघनमेजर सर्जन, आइसीयु, एनआइसीयु, भेन्टीलेटर, एचडियु, सीटी स्क्यान, डाइलाइसीस सेवा बिस्तारका लागि सहज हुने अस्पतालका निमित्त मेडिकल सुपरिडेन्डेन्ट राजेन्द्र पौडेलले बताए । साथै प्रर्याप्त पार्किङ, इमर्जेन्सी वाडको बिस्तार, बिशेषज्ञ अनुसारको बिभाग रहने छ । सेवा विस्तारसंगै विरामि रिफर गर्नुपर्ने बाध्यता पनि हट्ने उनको भनाई छ ।

प्यूठान अस्पतालमा, हार्ड जोर्नी तथा नसारोग, महिला तथा स्त्रीरोग, छालारोग, मनोरोग, फिजिसीयन, इन्टरनल मेडिसीन, रेडियोलोजिस्ट, एनेस्थेसियोलोजिस्ट लगायतका बिशेषज्ञ सेवाहरू उपलब्ध रहेको प्यूठान अस्पतालका सूचना अधिकारी बिजय चन्दले जानकारी दिए । साथै २४ सै घण्टा आकस्मिक र प्रयोगशाला सेवा, ओपिडी, फार्मेसी, प्रसुती, ओसिएमसी सेवा प्रदान हुँदै आएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad