रैनादेवी छहराले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान
रैनादेवी छहराले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवसको अबसर पारेर विभिन्न कार्यक्रम गरेको छ । गाउँपालिकाले शिक्षा दिवस २०८१ को अवसरमा गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थीहरू, शिक्षकहरू तथा विद्यालयलाई सम्मान गरेको हो । ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता साझेदारी र प्रणालीगत सक्षमता भन्ने नाराका साथ कक्षा १२ मा गंगा मावि सोमादी र गौरादेवी मावि जुठापौवालाई उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयको रूपमा सम्मान गरिएको थियो । गाउँपालिका भित्रका बिधालय मध्य बाट १० जना विषयगत शिक्षकहरूलाई समेत सम्मानित गरिएको हो ।
राष्ट्रिय शिक्षा दिवसको अबसरमा एसईई तर्फ ३ जना उत्कृष्ट विद्यार्थीहरू समेत सम्मानीत भएका थिय ।कार्यक्रममा बोल्दै रैनादेवी छहराका गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले स्थानिय सरकार र बिद्यालय बिचको सम्बन्ध एकदमै सुदृढ बनाएर एकाता बद्ध हिसावले बिद्यालय शिक्षा पद्धतिलाई बिद्यार्थीको सिकाई प्रति उत्तरदायी बनाउन बिद्यालयका प्रअ र पालिकाको शिक्षा शाखा बिचमा नियमित छलफल गरेर अगाडी बढ्नुपर्ने बताउनु भयो ।
राष्ट्रिय शिक्षा दिवसको अबसरमा सोमादीका वडा अध्यक्ष दान बहादुर पौडेल, छहराका वडा अध्यक्ष गोविन्द बहादुर रायमाझी, कार्यपालिका सदस्य महेश बराल, शिक्षा समिति सदस्य तुलाराम गरंजा लगाएत स्थानीय जनप्रतिनिधि शिक्षकशिक्षिका लगाएतको उपस्तीथीत रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षा साखा प्रमुख निशा पाण्डेले गर्नुभएको थियो ।