Advertisement
विज्ञापन

तेह्र मिनेटमा ३ छोरीको आमा



Advertisement
विज्ञापन

प्युठान, गौमुखी गाउँपालिका–६ लिवाङकी २६ वर्षीय सरिता परियारले तिमल्याहा छोरी जन्माएकी छन् । प्युठान अस्पतालमा मंगलबार १३ मिनेटको अन्तरमा तिमल्याहा छोरीको जन्म दिएकी छिन् । सरिता नर्मल डेलिभरी (साधारण) बाट सुत्केरी भएकी हुन् ।
बिहान ११ बजेर २६ मिनेट जाँदा पहिलो छोरी १ किलो ८ सय ग्राम तौल, ११ बजेर ३५ मिनेटमा २ किलो र ११ बजेर ३९ मिनेटमा २ किलो एक सय ग्राम तौल रहेकी छोरीको जन्म दिएकी हुन् । तीन वटै छोरीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । सुत्केरी व्यथा लागेपछि लिवाङ स्वास्थ्य चौकीमा पु¥याइएको थियो । स्वास्थ्य चौकीले प्युठान अस्पताल रिफर गरेको हो । स्वास्थ्यचौकीमा अल्ट्रासाउन्ड (भिडियो एक्सरे–युजिसी) गराउँदा दुई वटा बच्चा देखिएको भनिएको थियो ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad