Advertisement
विज्ञापन

‘सानो संसार’ हरेक परिवारको कथा हो : सीतादेवी



Advertisement
विज्ञापन

काठमाडौँ। फिल्म ‘सानो संसार’मा दर्शकले आफ्नै कथा पाउने कलाकार सीतादेवी तिमल्सिना बताउँछिन् । मध्यमवर्गीय परिवारको कथामा फिल्म बनेको र नेपालमा यो वर्ग ठुलो संख्यामा रहेकोले फिल्मको कथा सबैले आफ्नै महसुस गर्ने उनको दाबी रहेको छ । ‘कतिपय अवस्थामा बुबाआमा र बच्चाले के चाँहेको बुझेको हुँदैन । बच्चाले पनि बुबाआमाको चाहना बुझेको हुँदैन । त्यो विषय फिल्ममा छ’, सीतादेवीले भनिन्, ‘फिल्मले परिवारमा आमाबुबा र बच्चालाई झन् नजिक बनाउँछ ।’

सीतादेवी तिमल्सिना ‘सानो संसार’मार्फत फिल्ममा मुख्य भूमिकामा देखिन लागेकी हुन् । सानोपर्दाको सिरियलमा देखिँदै आएकी उनी हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’को श्रीमती हुन् ।राजधानीमा आयोजित एक कार्यक्रममा फिल्ममा सीतादेवीकी छोरीको भूमिकामा अभिनय गरेकी नव–अभिनेत्री अञ्जसा रिजाल ‘सानो संसार’मा हरेक घरमा मिल्ने कथा रहेको बताइन् । ‘मेरो चरित्रले धेरै उद्देश्य बोकेको छ । उसको विदेश जाने सपना छ । अहिलेको समयमा बाहिर जाने थुप्रै युवाको सपना हुन्छ । त्यसको प्रतिनिधित्व फिल्ममा मेरो पात्रले गरेको छ’, उनले आफ्नो चरित्र खोलिन् ।


Advertisement
Advertisement
Advertisement

फिल्मकी अर्की अभिनेत्री अनु दाहाललाई आफ्नो चरित्रमा युवापुस्ताले ‘रिलेट’ गर्ने विश्वास छ । ‘फिल्ममा म परिवारको जेठी छोरी हुँ । यसमा छोरा पनि छ तर ऊ हराएको हुन्छ । त्यसपछि मेरो ‘क्यारेक्टर’ले परिवारको जिम्मेवारी उठाएपछि बुबा–आमा र सन्तानबिच भिन्नता आउँछ,’ उनले भनिन् ।

फिल्ममा बुबाको भूमिका निर्वाह गरेका राज पंगेनी शर्मा पनि ‘सानो संसार’ फ्यामिली फिल्म भएको बताए । उनले फिल्म हेरेपछि बुबाआमादेखि छोराछोरीको समेत भूमिका फेरिने बताए । ‘हरेक बुबाको कथा मैले बोकेको छु’, शर्माले थपे ।

‘चपली हाइट’ श्रृंखलाका निर्माता अर्जुन कुमारले ‘सानो संसार’ निर्माण गरेका हुन् । ‘सानो संसार’ पहिला सिरिज थियो । ४ भाग प्रसारण समेत भइसकेको सिरिज हेरेपछि यसमा फिल्म बनाउनुपर्छ भनेर अर्जुनले बाँकी एपिसोड रोकेर फिल्म बनाएका हुन् । उनी यसलाई आफूले यसअघि बनाएका फिल्म मध्येकै उत्कृष्ट बताउँछन् ।

‘मैले यसअघि जति पनि फिल्म बनाएँ, त्यसमध्ये उत्कृष्टमा ‘सानो संसार’हो भन्छु’, अर्जुनले भने । यसअघि आफ्ना कुनै फिल्म प्रिमियर नगरेका अर्जुनकुमारले यसको प्रिमिएर समेत राखेका छन् । ‘फिल्म राम्रो भएपछि प्रिमियरको आँट आएको हो’, अर्जुन कुमारले थपे ।

सिद्धार्थ पुडासैनीको निर्देशन रहेको फिल्ममा राज पंगेनी शर्मा, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको पनि अभिनय छ । फिल्मका कार्यकारी निर्माता माधव वाग्ले हुन् । सरिष्मा खत्री र निर्देशक पुडासैनीको लेखन रहेको फिल्ममा प्रवीन खड्काको छायांकन एवं रोमी तन्डुकारको सम्पादन छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad