बेपत्ता भएको २४ घण्टा सम्म श्रीमती सम्पर्कमा नआएको भन्दै अर्घाखाँचीका एक पुरुषले गरे प्रा’ण त्याग
अर्घाखाँची।अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं -०४ फलामखिली घर भई रोजगारीको सिलसिलामा भारतको जयपुरमा काम गर्दै आएका ३५ बर्षिय नारायण बि क ले आ’त्मह’त्या गरेका छन्। श्रीमान श्रीमती बिचको सामान्य घरझगडा पश्चात निज ब्याक्तिकी श्रीमती आफ्नो सानो छोरीलाई लिएर घर छाडेको २४ घण्टा नबित्दै नारायाण बिकले आ’त्म’ह’त्या गरेको पारिवारिक स्रोतले बताएको छ। हराएकी श्रीमती सम्पर्कमा नआएको भन्दै उनले आ’त्म’ह’त्या गरेको बुझिएको छ।
मृतक बिक ४/५ महिना अघि देखी परिवार सँगै बस्दै आएका थिए । निजका ०२ वटा छोरीहरु रहेका छन।बिकको शव लाई हिन्दु धर्म अनुसार हिंजो उनको अन्तिम दाहसंस्कार गरिएको खबर प्राप्त भएको छ ।
निजको श्रीमती रिता सुनार २ दिन देखी एक छोरी सहित बिहान करिब १० बजे भारतको जयपुर देखी सम्पर्कविहिन भएको खबर प्राप्त भएको छ। निजको खोजी कार्यमा सहयोग गरिदिनु हुन सबैलाई आग्रह गर्दछौं।