रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व
बुटवल।मैथिल समाज नेपाल रूपन्देहीले शनिबार सामूहिक रूपमा जीतिया पर्व मनाएको छ । जीतिया पर्व मैथिल समाजका लागि एक महŒवपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो जुन विशेष गरी नेपाल र भारतका मिथिलाञ्चल क्षेत्रमा धूमधामले मनाइन्छ । जीतिया पावैन मिलन समारोह २०८१ को तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीले उद्घाटन गर्दै नेपालको मिथिला क्षेत्रमा यो पर्वले ठूलो सांस्कृतिक महत्व राख्ने बताईन । सम्पूर्ण समाजलाई सन्तानप्रतिको मातृस्नेह र धार्मिक आस्थाको बलियो रूपमा जोड्ने काम यो पर्वबाट गरेको उनले बताए ।
कार्यक्रममा मैथिल समाज नेपाल रूपन्देहीका अध्यक्ष उदय कुमार सिहले सन्तानको दीर्घायु, सुख, समृद्धि र कल्याणको लागि यो पर्व मनाईने बताए । घरमा आमाहरू व्रत बस्ने र आफ्नो सन्तानको राम्रो स्वास्थ्य तथा जीवनको कामना गर्ने उनले बताए । पर्वबारे प्रकाश पार्दै उनले जीउतवाहन भगवान (गरुडका रूप) को पूजा गरिन्छ । गरुडले आफ्नो भक्तलाई विपत्तिबाट रक्षा गर्ने विश्वास छ, र यसै कारणले गर्दा यो पर्वलाई “जीतिया“ भनिएको उनले बताए । सामूहिक रूपमा महिलाहरू व्रत बस्ने, पूजा–अर्चना गर्छन् । यसले सामाजिक एकता र आपसी मेलमिलापलाई प्रोत्साहन गर्छ, उनले भने । व्रतको समापनमा महिलाहरू पूजा गरेर प्रसाद ग्रहण गर्छन् । व्रत तोड्दा परम्परागत मैथिली परिकारहरू खाइन्छ, जसले धार्मिक र सांस्कृतिक महत्वलाई अझ बढी प्रकट गर्छ । रूपन्देहीमा छरिएर रहेका मैथिल समुदायलाई संस्थागत गरि १८ वर्ष स्थापना गरेर भाषा संस्कृति र सामाजिक कार्य गर्दै आएको उनले बताए । कार्यक्रममा भैरहवा मैथिल समाजका अध्यक्ष अमरकान्त झाले सबै जातजातीहरूको समाजको महŒव रहेको भन्दै जीतिया पर्वको महत्वलाई प्रकाश पारे ।
कार्यक्रममा भैरहवा भिम अस्पतालका मेसु डा.शकुन्तला गुप्ता, समाजका उपाध्यक्ष रिता कुमारी शाहले नेपाल सबै धर्म, संस्कृतिमा धनि देश भएको भन्दै समुदायबाट उदाहरणीय काम भएको बताए । कार्यक्रममा नेपाल तराई विदार्थी ग्रुपबाट मैथिल नृत्य, गायन समेत प्रस्तुत गरिएको समाजका सल्लाहकार हरिनारायण मिश्रले बताए । हाल रूपन्देहीमा विभिन्न पेशा ब्यवसायमा आवद्घ मैथिल समुदायका ५ सय घरघुरीहरू समाजमा आवद्घ छन ।