Advertisement
विज्ञापन

मृगौला फेल भएका मनोज लाई आर्थिक सहयोग



Advertisement
विज्ञापन

सुजन न्यौपाने अर्घाखाँची 
जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ४ निवासी बुवा गंगाबहादुर बुचा र आमा शिवकुमारी बुचाका पाँच भाइमध्येका काइला छोरा मनोज बुचा हुन् । उनी रोजगारीको लागि कतार पुगेका थिए। कामकै सिलसिलामा उनलाई चक्कर आएको थियो। तत्कालै साथीहरूको सहयोगमा उनीलाई कतारको हस्पिटलमा पुर्‍याइएको थियो। उनको उपचार गरी उनलाई नेपालीहरूको सहयोगमा नेपाल पठाइएको थियो।

नेपाल आई उपचारको लागि हस्पिटल पुग्दा मृगौला फेल भएको देखियो।त्यसपछि उपचारकै क्रममा बुचा हाल भने भैरवा मेडिकल कलेजमा छन्।उनलाई उपचारको लागि आर्थीक सहयोग गर्न छत्रदेव गाउँपालिका वडा नम्बर ४ को नेपाली कांग्रेस वडा समिति परिवारको आयोजना र नेपाली कांग्रेसका अभियान्ता वडा नम्बर ४ का सभापति नरेन्द्र मल्ल नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य हरिप्रसाद खनाल जिल्ला कार्य समिति सदस्य लालबहादुर थापा नेपाली कांग्रेसका वरिष्ठ नेता ईश्वरी पाण्डे छत्रदेव गाउँपालिका वडा नम्बर ४ का नेपाली कांग्रेस पूर्व पार्टी सभापति तुलसीराम पाण्डे को सहयोगमा रकम उठाएका थिए । उक्त रकम आज एक कार्यक्रमका बीच मनोज बुचाका बुवा गङ्गा बहादुर बुचालाई रकम हस्तान्तरण गरिएको छ।


Advertisement
Advertisement
Advertisement

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, उपसभापति विष्णुप्रसाद भुसाल नेपाली कांग्रेसका १४औं महाधिवेशन प्रतिनिधि एवं छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ जिल्ला कार्य समिति सदस्य तथा छत्रदेव गाउँपालिका वडा नम्बर ५ का पूर्व अध्यक्ष बालकृष्ण श्रेष्ठ जिल्ला कार्यसमिति सदस्य एवं वडा नम्बर ५ का अध्यक्ष बालकृष्ण पोखरेल नेपाली कांग्रेस अर्घाखाँची प्रदेश सभा क – का सभापति राजेश पन्थी नेपाली कांग्रेस छत्रदेव सभापति प्रकाश राज पन्थी नेपाल मगर सघ केन्द्रीय सदस्य रामबहादुर राना वडा नम्बर ४ कार्य समिति उपाध्यक्ष तिलकराम पराजुली पूर्व पार्टी सभापति तुल्सी राम पाण्डे नेपाल शिक्षक संघका पूर्व प्रतिनिधि रुद्रमणि पाण्डे। सचिव डिलाराम भुसाल वडा नम्बर ४ का कार्यसमिति सदस्य टामलाल खनाल। कार्यसमिति सदस्य गंगाबहादुर बुचा खेलकुद विकास समिति सदस्य संजय पाण्डे नेपाली कांग्रेसका वरिष्ठ नेता शोभाखर भुसाल प्रेस युनियन जिल्ला कार्य समिति सदस्य सुजन न्यौपाने लगायत नेपाली कांग्रेसमा आस्थावान राखने सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो ।

अभियानबाट उठेको १,४४,६२५ रुपैयाँ मनोज बुचाका बुवा गंगाबहादुर बुचालाई रा.सि.प को भवनमा कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो। कार्यक्रममा बोल्दै जिल्ला सभापति केशव श्रेष्ठले आवश्यक थप सहयोग गरिने र डक्टरहरूको परामर्श अनुसार थप के गर्नुपर्छ आफू र पाटिले गर्न तत्पर रहेको र आफूले गर्ने सबै सहयोग गर्ने जानकारी गराउनुभएको थियो। यस्तै आफूलाई यति ठूलो दुःख पर्दा उपचारमा पार्टीले सहयोग गरी अभिभावकको भूमिका निर्वाह गरेकोमा गंगा बहादुर बुचाले पार्टीप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सहजिकरण पोमनारायण पाण्डे ले गर्नु भएको थियो ।

 

 

 

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad