जन्मदिनको अवसरमा युवा ब्यबसायी भुसालद्वारा एक अपाङ्गता भएका बालकलाई बार्षिक १० हजार सहयोग गर्ने घोषणा
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ निवासी समाजसेवी ,युवा व्यावसायि कृष्ण प्रसाद भुसालले मालारानीका एक अपाङ्गता भएका बालकलाइ बार्षिक १० हजार दिनुहुने भएको छ ।
हिजो आफ्नो जन्मदिनको अवसर पारेर आफ्नो दिवङ्गत आमा बुवाको सम्झनामा भुसालले मालारानी ४ भाब्र भन्ने गाउँ का १३ बर्षिय दिनेश सुनारलाइ कक्षा १० मा पुग्दा सम्म बार्षिक १० हजारका दरले ५ बर्ष सम्म आर्थिक सहयोग गर्ने बताउनु भएको हो ।
सुनारले पढने बिद्यालय मालारानी ४ को श्री कालिका नेरा माध्यमिक बिद्यालयमा पुगेर भुसालले बालकलाइ भेटेर सहयोगको घोषणा गर्नु भएको हो । जन्मिदा नै एउटा खुट्टा लिएर जन्मिएका दिनेश सुनारले अहिले कक्षा ६ मा पढछन ।
घरबाट बिद्यालय जान डेढ घन्टा र बिद्यालयबाट घर आउन डेढ घन्टा लाग्ने गर्दछ । बैसाकिको साहाराले उनी उकालो ओरालो बाटो जाने आउने गरेका छन ।
परिवारको आर्थिक अबस्था कमजोर भएको सुनारको जन्म दिने आमाको सानो छदै मृत्यु भएको र उनी र उनको भाइ हजुरआमा सङ्ग बस्दै आएका छन ।
उनका बुवाले ३ पटक सम्म बिबाह गरेको र दोश्रो श्रीमतिबाट छोरा जन्मिएको र अन्यन्त्र बिबाह गरेर गएको र तेस्रो श्रीमतिबाट एक छोरी जन्मिएको र उनी पनि छोरी सहित घरमा नबसेकोले वृद्ध हजुरआमा २ जना नातिलाई पालेर बस्नु भएको छ । ढुङ्गाले छाएको घरको छानो चुहिएर त्रीपालले ढाकेर जोहो गरिएको छ ।
मालारानी गाउँपालिकाको ढुंगाको छाना मुक्त गराउने अभियानमा यो घरको परिवारले १५ हजार दिन नसक्दा टनेलले ढाक्न बाध्य छ ।
यसैबिच उक्त घरमा जस्तापाता लगाउने कार्यमा आफू लागिपर्ने मालारानी ४ का वडाध्यक्ष बिष्णु प्रसाद पोखरेलले अर्घाखाँची बुलेटिन मार्फत प्रतिबद्धता जनाउनु भएको छ ।
आउदो असार महिना भित्र त्यो घरको छानोमा लाग्ने जस्तापाता उपलब्ध गराइने पोखरेलले बताउनु भएको छ । मालारानी गाउँपालिकाले घरमा लाग्ने जस्तापाताको २० प्रतिसत रकम दिनुपर्ने नियम बनाएको छ ।