अर्खाखाँचीमा जिप भिरबाट खस्यो, एकजनाको मृत्यु, ९ जना घाइते
बुटवल।अर्खाखाँचीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। दुर्घटनामा परी वर्ष ६५ का रामप्रसाद पन्थीको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । शितगंगा नगरपालिका( १२ हिलेखोलास्थित सन्धिखर्क गोरुसिंगे सडक खण्डमा बुधबार बिहान साढे १० बजे लु १ ज ४७६३ नम्बरको डबल क्याप जिप दुर्घटना भएको खत्रीले जानकारी दिए।
‘जिप दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्,’ खत्रीले भने। सबै घाइतेलाई उद्धार गरेर उपचारको लागि स्वास्थ्य चौकी ठाडामा लगिएको छ।’
छत्रदेवबाट बुटवलतर्फ आउँदै गरेको जिप आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ६०मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्खाखाँचीका प्रवक्तासमेत रहेको प्रहरी निरीक्षक बिपन कार्कीले जानकारी दिए।
‘दुर्घटनामा गाडी चालक सहित १० जना घाइते भएकामा एक जनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक रविन्द्र चन्दको कमाण्डमा १० जनाको टोलि खटिएको थियो। घटनास्थल इलाका प्रहरी कार्यालय ठाडाबाट करिब १२ किलोमिटर दक्षिणमा पर्छ।
यी हुन् घाइते
१। जिप चालक जि।अर्घाखाँची छत्रदेव गा।पा।५ बस्ने वर्ष ४० को चुरा बहादुर खत्रीको दाँया कुम र छातीमा चोट, अवस्था मध्यम। थप उपचारको लागि बुटवल रिफर।
२। ऐ।ऐ।बस्ने वर्ष ४० की साबित्रा बि।क।को मुख र कुममा चोट। अवस्था मध्यम, थप उपचारको लागी बुटवल रिफर।
३। ऐ।ऐ।७ बस्ने वर्ष २४ की अनिता परीयारको निधार र हातमा चोट, अवस्था मध्यम ।
४। ऐ।ऐ। बस्ने निज अनिता परीयारको छोरा २० महिनाको प्रयन्स परीयार चोट नभएको।
५। ऐ।ऐ।८ बस्ने वर्ष ४२ की गीता आचार्यको ढाडमा चोट, अवस्था मध्यम।
६। ऐ।ऐ। बस्ने पर्ष १७ की दीक्षा पौडेलको टाउकोमा चोट,अवस्था मध्यम। थप उपचारको लागि बुटवल रिफर।
७। ऐ।ऐ।६ बस्ने वर्ष ४४ की कमला अधिकारीको हातमा चोट,अवस्था मध्यम।
८। ऐ।ऐ।५ बस्ने वर्ष ७ की अनुष्का पंथीको टाउकोमा चोट, अवस्था मध्यम।
९। हालसम्म ठेगाना नखुलेको वर्ष २६ की बिष्णु थापाको कान र खुट्टामा चोट,अवस्था मध्यम।