उपसभामुखबारे साझा धारणा बनाउने कांग्रेसको निर्णय
काठमाडौँ। नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामाथि उठेको प्रश्नबारे साझा धारणा बनाउनेबारे छलफल भएको छ ।
बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले पार्टीको संसदीय दल र सत्तारुढ दल बसेर साझा धारणा बनाउने निर्णय गरेको हो ।
‘उपसभामुखले गर्नै नहुने काम गर्नुभयो, कुटनीतिक नियोगलाई पत्र लेख्ने जुन काम गर्नुभयो । यसले नेपालको संसदलाई नै अपमान गरेको कांग्रेसको बुझाइ छ’, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि भने, ‘यो विषय गम्भीर छ । यसले मुलुकलाई अपमान गरेको कांग्रेसको बुझाई छ । कसरी जाने भन्नेमा हाम्रो संसदीय दलको बैठक र सत्तारुढको समेत बैठक बसेर साझा धारणा बनाउँछौ ।
कांग्रेसको बैठकअघि सत्तारुढ दलको बैठक बस्न लागेको घिमिरेले जानकारी दिए ।