Advertisement
विज्ञापन

घरमै पुगेर नागरिकता प्रदान



Advertisement
विज्ञापन

प्युठान।
प्युठानमा दुई जना व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । स्वर्गद्वारी नगरपालिका–५ का दुई व्यक्तिलाई सोमबार नागरिकता प्रदान गरिएको हो ।
नागरिकता पाउनेमा १६ वर्षीय मिन बहादुर घर्तिमगर र प्रकाश पुन रहेका छन् । उनीहरू शारिरिक रूपमा असक्त छन् । प्रशासन कार्यालयमा पुग्न घर्तिमगरलाई गाडी नै रिजर्भ गर्नुपर्ने हुन्छ । भौगोलिक रूपमा समस्यामा रहेको समयमा छोराका नागरिकता घरमै पुगेको हो । क वर्गको अपाङ्गता भएका डाँडागाउँका घर्तिमगरलाई सामान्य दिसापिसाव समेत गर्न अरूको सहारा चाहिन्छ । घरमै नागरिकता पाएपछि परिवारलाई समेत सहज भएको छ । ‘घरमै नागरिकता पाउँदा खुशी लागेको छ, घर्तिमगरकी आमा निर्मलादेवी घर्तिमगरले भनिन्,‘असक्त छोरालाई लगेर जानु पर्ने समस्या टर्यो ।’ उनले छोराको नागरिकता घरमै लिने प्रशासन र सहजीकरण गर्ने जनप्रतिनिधिलाई धन्यवाद व्यक्त गरिन ।

अर्का प्रकाश ख वर्गका अपांगता भएका व्यक्तिलाई पनि वडा कार्यालयमा बोलाइ नागरिकता प्रदान गरिएको स्वर्गद्वारी नगरपालिका–५ का वडा अध्यक्ष गिर बहादुर घर्तिमगरले जानकारी दिए । घर्तिले वडाले सकेसम्म हरेक सेवालाई सहज बनाउने प्रयासमा वडा रहेको बताए । ‘वडाका सेवालाई सरल र सहज बनाउने प्रयासमा छौं’ घर्तिमगरले भने,‘उहाँहरू त झन नागरिकता लिन जान धेरै समस्यामा हुनुहुन्थ्यो ।’ सामाजिक सुरक्षा भत्ता नविकरण, वितरण, राजश्व टोलमा संकलन गरिएकोमा वडामा असक्त रहेका व्यक्तिलाई नागरिकतामा समेत सहजता ल्याएको घर्तिमगरको भनाइ छ ।
सेवा प्रबाहलाई सहज गराउन घरमै पुगेर नागरिकता प्रदान गरिएको इलाका प्रशासन कार्यालयका प्रमुख मेघराज प्रसाद पोख्रेलले बताए । अभिभावक इलाका प्रशासनमा आइ अनुसूची भरी सबै प्रक्रिया पुरा गरेपछि घरमै पुगेर नागरिकता हस्तान्तर गरिएको हो । पोख्रेलका अनुसार स्वर्गद्वारी नगरपालिका–४ मा समेत असक्त प्रकृतिका व्यक्तीलाई नागरिकता प्रदानका लागि अनुसूची भरिएकोले घरमै पुगेर प्रदान गरिने जानकारी दिए ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad