Advertisement
विज्ञापन

मधेशी समुदायमा रक्तदानकाे महत्व ।



Advertisement
विज्ञापन

बुटवल ।ओमसतिया–४ बालापुरका दिनेश कुमार मिश्राले ३५ वर्षको उमेरमा पहिलोपटक रक्तदान गरे । टेम्पो चालक पेशा अप्नाउने उनि पहिलोपटक रक्तदान गर्दा निक्कै खुशी थिए । ‘निक्कै रमाईलो अनुभव भयो ।’— उनले भने । ओ पोजिटिभ रक्तसमुहका उनी रक्तदानमा ढिलाई भएको स्वीकार्छन । तौल एक सय किलो बढि रहेका उनि शारीरिक रूपमा स्वस्थ्य छन । गाउका छिमेकीहरूलाई उपचारको क्रममा धेरै पटक रगत लिन ब्लड बैक गएका उनि आफैले रक्तदान भने गर्न पाएका थिएनन । ‘आज मौका मिल्यो ।’—उनले भने । रक्तदान गरे कमजोरी भईन्छ भन्ने मानसिकता अझै पनि रहेको उनले बताए । आईतबार रूपन्देही ईभेन्ट्स ब्यवसायी संघको रक्तदान कार्यक्रममा उनिमात्र होईन मानपकडी, तिलोत्तमा, ओमसतिया लगायत धेरै मधेसी समुदायबाट रक्तदानमा सहभागी भए । आईतबार बिहानैदेखी झमझमी पानी परिरहेको बेला पनि स्वयंसेवी रक्तदाताहरू कम थिएनन् ।

मधेसी समुदायबाट नियमित रक्तदान गर्ने धेरै कम संख्या रहेको नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीका अध्यक्ष कृष्ण चौहान बताउँछन । धेरै पटक तराईको भेगमा रक्तदान कार्यक्रम लिएर जादा न्यून सहभागिता हुने गरेको उनले बताए ।


Advertisement
Advertisement
Advertisement

कार्यक्रममा संघका अध्यक्ष किरण कुमार श्रेष्ठले ब्यवसायीहरूको हकहितका लागि संगठनको आवश्यकता महसुस गरि संगठित भएको बताए । स्थापनाको छोटोसमयमा कार्यालय स्थापना गर्ने काम समेत सम्पन्न गर्न सफल भएको उनले बताए । टेन्टको ईतिहास हेर्दा बिसं २०४० सालमा अशोक पटवाले संचालन गरेको अशोका टेन्ट हाउस यस क्षेत्रकै पहिलो भएको उनले बताए । संघमार्फत रचनात्मक कार्यका साथै सामाजिक उत्तरदायित्व अन्तरगत वृहत रक्तदान कार्यक्रमलाई समेटेको उनले बताए ।

एक कार्यक्रमका बिच संघको कार्यालय उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले संस्थागत रूपमा ब्यवसायीहरू आफनो समस्या समाधानमा लाग्नु सकारात्मक भएको बताए । ईभेन्ट ब्यवसाय प्रतिस्रर्धा र चुनौतीपूर्ण रहेको भन्दै स्थानीय सरकार सहयोग गर्न सधै तयार रहेको उनले बताए । सहजता र सुबिधा खोज्ने सेवाग्राहीलाई लक्षित गरि त्यसै प्रकारको सेवामा जोड दिन उनले सुझाव दिए ।

कार्यक्रममा वडा नं ८ का वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनी, वडा नं ९ का वडा सदस्य भरत पुरि, रूपन्देही मिष्ठान्न, क्याटरिङ तथा पार्टी प्यालेस संघका अध्यक्ष कमल पोखरेल, नेपाल निर्माण ब्यवसायी संघ रूपन्देही बुटवल शाखाका अध्यक्ष बुद्घि थापा, संघका उपाध्यक्ष मोहम्मद इसरार, सचिव दुर्गेश गुप्ताले सबै वर्ग, समुदायको सहकार्य गरि काम गर्नुपर्ने बताए । नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ५० युनिट रगत संकलन भएको रक्तदान कार्यक्रमका संयोजक ओसिम अहमदले बताए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad