Advertisement
विज्ञापन

सरकारी अस्पतालको कन्तविजोग!



Advertisement
विज्ञापन
यो मेरो सरकारी अस्पतालको दु:खद् अनुभव हो। सरकारी अस्पताल न कहिले सुध्रिन्छ, न त सुध्रिनेवाला नै छ। हो यो व्यवहार, यो व्यापार यसरी नै वर्षौंदेखि चलिरहेको छ।दश वर्ष अगाडि छिरेको यी अस्पतालहरू (वीर अस्पताल र पाटन अस्पताल) को अवस्था उही अनि उस्तै छ।

हो, बरू नयाँ भवनहरू बनेको छ। बाहिरबाट हेर्दा चिटिक्क पनि देखिन्छ। यहाँका व्यवस्थापक टिमहरू फेरिरहन्छ, कर्मचारीहरू फेरिरहन्छन्। पाले दाइहरू समेत फरक अनुहारमा देख्न सकिन्छ तर अस्पतालको व्यवहार अनि उपचार शैली जो सुकै फेरिँदा पनि उही र उस्तै अझै झुर देखिन्छ! सम्झिन पनि मन नलाग्ने, सम्झिहाले पनि धुरधुर, ह्वाँह्वाँ गरेर नै रूनुजस्तो लाग्ने!

बरू यस्तो सेवा दिएर सुस्तरी चलाउनुभन्दा अस्पतालहरू नै बन्द भइदिए अरू विकल्प रोज्न आनन्द हुने थियो होला। कि मेरो देशमा सरकारी अस्पताल छैन, त्यही भएर प्राइभेट अस्पताल जानुपर्यो भनेर चित्त बुझाउने ठाउँ हुन्थ्यो।सास्ती दिनुको पनि सीमा हुन्छ! यो त लापरबाही र बेमतलबको पराकाष्ट नै भयो। उपचार चाहिँ कसको मात्र गरेर बस्छन्। सर्वसाधाण कि अन्य पहुँचवालाहरूको यति सहजै सर्वसाधारणको उपचार चाहिँ होला लागेन जो आफूले पाएको सास्तीले सोझै भन्न सकिन्छ। खैर!


Advertisement
Advertisement
Advertisement

देशमा अस्पताल नै नभएको हैन। पाटन अस्पतालबाट दश मिनेटको फरकमा सरर गाडीमा जाम नपर्ने हो भने वीर अस्पताल पुगिन्छ। तर पुगेर के गर्नू! एउटा नाकको अपरेसनको लागि तीन महिना अगाडि चार दिन धाएर बल्ल तल्ल लिएको टाइम समय सकिएको दिन बिहानै उपचारको लागि बिरामी लिएर पुग्दा एक कुनै व्यक्तिको इमरजेन्सी केस आयो भनेर फेरि उस्तै गरी लाइन बसाइन्छ।

उस्तै व्यवहार गरिन्छ भने अब पनि यस्ता अस्पताल धाउनुको कुनै अर्थ छ र! हो यहाँ टिकट लिने लाइन बस्दा बस्दा आफ्नो पालोमा दुई जना अगाडि बाँकी हुँदा बन्द भइदिन्छ। पाले दाइले भन्नुहुन्छ- आज यहाँसम्म मात्र पालो कोटा सकियो।

थाहा छैन कसले कसरी उपचार गर्ने हो टिकटको कसलाई दिए कसरी कोटा पुर्याए लाइन बस्दै फर्किंदै गर्नुको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ!हो, मानिस रोगले भन्दा बढी यी अस्पतालको व्यवहारले गलेका रहेछन्। सामान्य टिकट लिने अनि काउन्टरमा पैसा तिर्ने एउटा सिस्टम समेत बनाउन नसक्ने यी अस्पतालले कसको उपचार गरिरहेको छ होला सम्झिँदा पनि विरक्त लाग्छ।

बल्ल बल्ल एउटा कुनै विषयमा लाइन बसेर टिकट लियो र डाक्टरसम्म पुगियो र फेरि डाक्टरले यस्तो यस्तो चेक गर्नुपर्छ यी काउन्टरमा गएर पैसा तिर्नु भनेर फेरि पठाउनु भयो भने अब त्यो पैसा तिर्ने लाइन बस्दाबस्दै रात पर्छ र!उपचार स्थितिगत हुन्छ र यो क्रम धेरै पटक चल्छ।

कुनै एक व्यक्तिले एक पटक लाइन बसेर टिकट लिएपछि कम्तीमा त्यसपछि त पालो आयो अब  उपचार हुन्छ भनेर ढुक्क हुने स्थिति छैन। डाक्टरलाई देखायो फेरि लाइन बस्नुपर्छ! फेरि पनि लाइन बस्नुपर्छ! फेरि पनि लाइन बस्दा समय सकिन्छ र काउन्टर बन्द हुन्छ।

बिरामी अब उपचार थाती राखेर दिक्क मान्दै घर फर्किनु पर्छ। अब यो सब कुनै कथा सुनाएको हैन आफूले भोगेको यथार्थ हो। मैले भनिसकेँ मान्छेले कि मृत्यु रोज्नु पर्छ कि भने प्राइभेट अस्पताल धाउनु नै पर्छ। यदि कसैले हैन सरकारी अस्पतालमा राम्रो उपचार पनि हुन्छ भनेर प्रमाणित गर्नुछ भने कृपया हाम्रो बिरामीलाई पनि सहयोग गरिदिनुस्।

यो कुराको चाहिँ विश्वास छ कि यहाँ कसैको भनसुन भयो भने चाहिँ उपचार हुन्छ तर हामी त्यस्तो पहुँच वाला व्यक्ति परेनौं। सत्य यो पनि हो। पहुँचवालाहरूलाई कुनै पनि सरकारी कार्यालयमा बिना झन्झट काम फत्ते गरिन्छ।

यातयात, मालपोत, श्रम, अस्पताल जहाँ सुकै बिना पहुँचकोलाई माथि मैले उल्लेख गरेकोभन्दा दश गुणा दु:ख दिइन्छ। त्यसलाई पनि सरलै पहुँच हुनेहरूले त छिटो छरितो सेवा पनि भन्न भ्याउँछन्।

अचम्म त यही लाग्छ कि यस्ता यस्ता चलेका अस्पतालहरूले कम्तीमा थोरै बहुत प्रविधिको प्रयोग गरोस् अरू त अरू पैसा तिर्ने एउटा सिस्टम बनाओस्। पैसा तिर्न पनि दिनभर लाइन बस्नुपर्ने र यदि फेरि केही औषधी छुटे सुरूआतदेखि सबभन्दा पछाडि गएर लाइन बस्ने यो सबैभन्दा झुर सिस्टमलाई केही मात्रामा भए पनि सहज हुने गरी स्क्यान पे सिस्टमको प्रयोग गरेर भए पनि सुधार गरोस्।

यही कामना छ। तर अब हामी चाहिँ वाक्क भइसकेकोले अब जुनसुकै सरकारी अस्पताल गए पनि हालत उही अत्यासलाग्दो होला भनेर कल्पना गरिहाल्छौं। मानिसलाई सरकारी अस्पतालको नाम लिनेबित्तिकै टाउको दुख्ने पसिना छुट्ने नहोस् सरकारी अस्पतालमा पनि सहजै उपचार गर्न सकिन्छ भन्ने सन्देश दिन भए पनि काम गरोस्।

यसरी जो मैले बताइरहेको छु र तीन महिना कुरेर पनि हाम्रो बिरामीको अपरेसन गर्ने दिन आइपुग्दा कुनै एक व्यक्तिको अचानक केस आएकोले अब फेरि उही सुरूआतको जस्तै लाइन बसेर डाक्टर कुरेर फेरि अर्को समय जहिले डाक्टरको फुर्सद हुन्छ डाक्टरको मर्जिले तोकेको समय फेरि पनि पालो उही तीन चार महिनापछि…ती अस्पतालमा लाइन बसेकाहरूको अनुहारमा एक किसिमको डर देख्छु।

मानिसहरू खलखल पसिना निकालेर मुख सुकाएर टिकटको लाइन, पैसा तिर्ने लाइन, डाक्टर भेट्ने लाइन, रिपोर्ट लिने लाइन औषधिको लाइन, ट्वाइलेटमा लाइन ..लाइन.. लाइन.. लाइन ….मलाई त लाग्छ कि यो लाइन बस्दाबस्दै कि झ्वाट्टै कि च्वाट्टै भने जस्तो यो लाइन सम्झेर पनि कति बिरामीको रोग पनि आफै ठिक हुँदो हो।

एक ठाउँमा चोट हुँदा हुँदै अर्को ठाउँमा त्योभन्दा ठूलो चोट लाग्यो भने त्यो सानो चोट त्यसै बिर्सिन सकिन्छ। हो, यो सरकारी अस्पतालको उपचारभन्दा नि त्यहाँको लाइन सम्झिँदा झन् बिरामी भइन्छ बिरामीले भन्दा पनि बढी त अस्पतालको व्यवहार गतिविधि र क्रियाकलापले बढी गलाउँछ।

आशा छ, अब सरकारी अस्पतालमा केही उल्लेख्य सुधार होस् र फेरि कसैले यसलाई सरकारी अस्पतालको कायापलट भनून् र नयाँ युगको घोषणा गरून्।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad