Advertisement
विज्ञापन

आफ्नै घरमा डोजर लगाएर लमहीका नगर प्रमुखले गरे सडक बिस्तारको सुरुवात



Advertisement
विज्ञापन

लमही।     लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले लमही कोइलाबास सडक फराकिलो गराउने अभियानको सुरुवात गरेका छन् । बुधबार प्रहरी प्रशासनलाई साक्षी राखेर उक्त सडक खण्डमा रहेको आफ्नो घरमा डोजर लगाएर कामको थालनी ग

लमही।


Advertisement
Advertisement
Advertisement

लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले लमही कोइलाबास सडक फराकिलो गराउने अभियानको सुरुवात गरेका छन् । बुधबार प्रहरी प्रशासनलाई साक्षी राखेर उक्त सडक खण्डमा रहेको आफ्नो घरमा डोजर लगाएर कामको थालनी गरेका हुन् ।

यो संकेत हो, ३५ दिने सूचना समेत प्रकाशित भैसकेको छ, मैले मेरो घर भत्काउँछु भनेर सुरुमै भनेको थिएँ, त्यसै अनुरुप आज मेरै घरबाट शुरु गरें, अब यो सडकमा निर्माण गरिएका घरहरु भत्किनु पर्दछ’– नगर प्रमुख चौधरीले भने । “म धेरै कुरा बोल्न चाहान्न मैले संकेत दिई सकेको छु, यो संकेतलाई बुझेर सबैले आ–आफ्नो व्यवस्था गर्नु हुनेछ भन्ने मलाई विश्वास छ’– उनले भने ।

डोजर लिएर प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी, नगर प्रमुख चौधरी, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, सडक डिभिजन कार्यालयका कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीसहित प्रहरी, जनप्रतिनिधि र स्थानीयहरू पुगेका थिए ।

लमही–कोइलावास सडक क्षेत्र खाली गराउने अभियान सुरु भएको हो । सडक डिभिजन कार्यालय दाङले ३५ दिने सूचना जारी गर्दै सडक क्षेत्रको दायाँबायाँ १५÷१५ मिटरमा बनेका सबै संरचना हटाउन अपिल गरेको थियो । साउन २९ गते सूचना सार्वजनिक गरिएको थियो ।

हुलाकी सडक आयोजना सुरु हुने क्रममा जग्गाको मुआब्जा बुझिसकेकाहरूले घरको पनि मुआब्जा माग गरेपछि सडक क्षेत्र खाली हुन सकेको थिएन । सडक कालोपत्रे मात्रै गरिएको थियो । झण्डै आठ वर्षपछि सडक क्षेत्र खुला गर्ने अभियान सुरु भएको हो ।

संकेत हो, ३५ दिने सूचना समेत प्रकाशित भैसकेको छ, मैले मेरो घर भत्काउँछु भनेर सुरुमै भनेको थिएँ, त्यसै अनुरुप आज मेरै घरबाट शुरु गरें, अब यो सडकमा निर्माण गरिएका घरहरु भत्किनु पर्दछ’– नगर प्रमुख चौधरीले भने । “म धेरै कुरा बोल्न चाहान्न मैले संकेत दिई सकेको छु, यो संकेतलाई बुझेर सबैले आ–आफ्नो व्यवस्था गर्नु हुनेछ भन्ने मलाई विश्वास छ’– उनले भने ।

डोजर लिएर प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी, नगर प्रमुख चौधरी, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, सडक डिभिजन कार्यालयका कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीसहित प्रहरी, जनप्रतिनिधि र स्थानीयहरू पुगेका थिए ।

लमही–कोइलावास सडक क्षेत्र खाली गराउने अभियान सुरु भएको हो । सडक डिभिजन कार्यालय दाङले ३५ दिने सूचना जारी गर्दै सडक क्षेत्रको दायाँबायाँ १५÷१५ मिटरमा बनेका सबै संरचना हटाउन अपिल गरेको थियो । साउन २९ गते सूचना सार्वजनिक गरिएको थियो ।

हुलाकी सडक आयोजना सुरु हुने क्रममा जग्गाको मुआब्जा बुझिसकेकाहरूले घरको पनि मुआब्जा माग गरेपछि सडक क्षेत्र खाली हुन सकेको थिएन । सडक कालोपत्रे मात्रै गरिएको थियो । झण्डै आठ वर्षपछि सडक क्षेत्र खुला गर्ने अभियान सुरु भएको हो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad