Advertisement
विज्ञापन

भुकम्पमा जोगिएको सिंगो परिवार पहिरोले लग्यो



Advertisement
विज्ञापन

सुर्खेत, ३ भदौ ।भुकम्पबाट जोगिएका जाजरकोटका एक सिंगो परिवार पहिरोबाट भने बच्न सकेनन् । आइतवार बेलुका खाना खाएर सुतेका उनीहरु बिहान भने जिवित रहेनन् ।

भूकम्पपीडित बस्दै आएको अस्थायी टहरामा पहिरो जाँदा एकै परिवारका तीनजनाको ज्यान गएको प्रहरीले जनाएको छ । आइतबारदेखि परेको वर्षाका कारण आएको उक्त पहिरोमा परी तीनजनाको मृत्यु भएको हो । अविरल वर्षाका कारण गएराती गएको पहिरोले पुरिदा तीनजना भुकम्प पीडितको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement

जाजरकोटको नलगाड नगरपालिका–२, माझगाउँमा भूकम्पका कारण निर्मित अस्थायी टहरा पहिरोले पुर्दा एकै परिवारका तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । मृत्यु हुनेमा ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार र २ वर्षका छोरा शिभम परियार रहेका छन् । ‘हामीलाई स्थानीयबासीहरुले खवर गरेपछि नौ बजे मात्र घटनास्थलमा पुगेका थियौ’ पाण्डेले भने, ‘घरमाथिको ढिस्को आएर उक्त परिवार पुरिएका रहेछन् ।’ रोजगारीको शिलशिलामा भारतमा जाने आउने यो परिवार केही समय अघि मात्र भुकम्पपीडित बस्ने टहरामा बसोबास गर्न थालेको उनले बताए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad