वृद्व वृद्वाकाे साहारा बन्दै पाल्पालि राष्ट्रप्रेमि बस्याल
बुटवल । पाल्पाका सामाजिक अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ले बुटवलस्थित सिद्दबाबा दुर्गा भवानी शिवकुमारी सैंजु बृद्ध आश्रममा रहेका बृद्ध,बृद्धालाई भोजन दान र खाद्यान्न तथा तरकारी हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा सहयोग हस्तान्तरण गर्दै दैनिक लुम्बिनीका सह–सम्पादक टिआर शर्माले युवाको अगुवाईमा भएका यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन हुने र मानवीय सेवा प्रति सबैलाई प्रेरित गर्न ठूलो भुमिका रहने बताए ।
कलिलो उमेरबाटै सामाजिक कार्यमा लागेका बस्यालको कार्यको सबैले अनुशरण गर्नुपर्ने शर्माले बताए । बस्यालले एक घर एक लालीगुंरास अभियान समेत चलाउंदै आएका छन् ।
बस्यालले आफू निरन्तर समाजसेवामा जोडिएको र यस्ता कार्यक्रमले आनन्द मिल्ने बताउंदै होटेल, रेष्टुरेन्टमा एक महिना अगाडि नै दर खाने कार्यक्रमले तिजको वास्तविक महत्त्व नै ओझेलमा परेको र यी पर्वलाई सामाजिक क्षेत्रमा जोड्दै जानु आजको आवस्यकतामा रहेको बताए ।
कार्यक्रममा बुटवलका विभिन्न संघ संस्थामा आबद्ध युवा र विद्यार्थीहरुको सहकार्य रहेको सञ्चारकर्मी बिपिन पाण्डेले बताए । ृ