बस्तीमा बाघको आतंक
नवलपुर, ३२ साउन । पुर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ बगुबनको बस्तीमा बाघ पसेर आतंक मच्चाएको छ । मदरबाबा सामुदायिक बन बाट निस्केको पाटे बाघले आक्रमण गर्दा गोठमा बाँधेर राखेका भैंसी र बाख्रा मरेका छ्न ।
बाघको आक्रमणबाट लालमती खंगा मगरको गोठमा रहेका दुईवटा बाख्रा र खेमबहादुर खंगा मगरको भैसी मरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिएका छन् ।
बाख्रा र भैंसीलाई मारेको बाघ अहिले घटना स्थल नजिकै मकै बारीमा पसेको र धेरै टाढा नगएको प्रहरीले जनाएको छ । बाघ नियन्त्रणको लागि अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको र चितवन राष्ट्रिय निकुञ्ज सँग समन्वय भैरहेको प्रवक्ता पौडेलले बताए ।