Advertisement
विज्ञापन

जङ्गली च्याउ खाएर एकै घरका ८ जना बिरामी



Advertisement
विज्ञापन

दिपेन्द्र खत्री,गुल्मी । गुल्मीमा जङगली च्याउ खाएर एकै घरका ८ जना बिरामी परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ निवासी ६५ वर्षका टोम बहादुर थापा, ६२ वर्षकी दिल कुमारी श्रीस, ३८ वर्षका लक्ष्मण थापा, २९ वर्षका बिकास थापा, १० वर्षकी दिपदिका थापा, १२ वर्षकी बिनिसा थापा, ४२ वर्षका सृजना काउछा र ३९ वर्षकी गिता थापा बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताउनुभयो ।

जिल्लाको रेसुङ्गा सामुदायिक बनबाट ल्याएको डल्ले च्याउ जस्तो देखिने जङगली च्याउ खादा बिरामी परेका थिए । उहाँहरुको जिल्ला अस्पताल तम्घास गुल्मीमा सामान्य उपचार पश्चात थप उपचारको लागी लुम्बिनि मेडिकल कलेज प्रभास पाल्पा लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बिरामी परेका ८ जनाको अवस्था सुधार हुँदै गएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।


Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement