लायन्स तथा लियो क्लबको संयुक्त आयोजनमा ३५ पिन्ट ब्लड संकलन ।
बुटवल असार २८, लियो बुटवल सेन्ट्रल तथा लायन्स बुटवल सेन्ट्रलको संयुक्त आयोजनामा बुटवल स्थित ब्लड बैंकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
लियो बुटवल सेन्ट्रलका अध्यक्ष लियो जिवन शर्माको जन्मदिनको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३५ पिन्ट ब्लड संकलन भएको हो ।
लायन्स बुटवल सेन्ट्रलका अध्यक्ष उत्तम अर्यालको अध्यक्षता, लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५‘पि’ का गभर्नर लायन पुरुषोत्तम भक्त प्रधानाङ्गको प्रमुख आतिथ्यता, डिष्ट्रिक फष्ट भाइस गभर्नर लायन बालाराम भट्टराईको विशेष आतिथ्यता, एरिया नं. ४ का चिफ कोअर्डिनेटर लायन दिपक प्रसाद श्रेष्ठ, जोन २४ का जोन चेयरपर्सन लायन जे.डी. वारसी, लायन्स क्लबका आई.पि.पि. लायन बल बहादुर गोदार, लायन्स क्लबका पुर्व अध्यक्षहर तथा लियो डिष्ट्रिक काउन्सिल ३२५’पि’ का डिष्ट्रिक प्रेसिडेन्ट लियो श्रद्धा कुवर, एरिया ‘ए’ का चिफ लियो सुनिल कुवर, एरिया ‘ए’ का को–चिफ लियो बिकास टन्डन, लियो क्लब अफ बुटवल सेन्ट्रलका पुर्व अध्यक्षहरु लगायतका लायन्स तथा लियो क्लबका लिडरहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अथितिको रुपमा डिष्ट्रिक गभर्नर लायन प्रधानाङ्गले लियो क्लबको कार्य प्रगतिको सुभकामना दिनुहुदै, लियो क्लबलाइ अझ उत्कृष्ट कार्यमा सरिक भई सफलता प्राप्त गर्न लायन्सले पुर्ण साथ दिनेमा आफु विश्वस्त भएको बताउँनु भयो ।
विशिष्ठ अथिति लियो डिष्ट्रिक प्रेसिडेन्ट लियो कुवरले क्लब अध्यक्षलाई जन्मदिनको शुभकामनासंगै क्लबको कार्य प्रगतिको कामना गर्नु भएको थियो । लियो क्लबलाई अझ उत्कृष्ट कार्यमा सरिक गराउन आफु स्वयम हातेमालो गरि अगाडि बढि पुर्ण साथ दिने बताउँनुभयो ।
लायन्स बुटवल सेन्ट्रलका अध्यक्ष लायन उत्तम अर्यालको स्वागत मन्तव्य र लियो बुटवल सेन्ट्रलका सचिव तथा रक्तदान कार्यक्रमका संयोजक लियो हरिप्रसाद घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।