गुल्मीमा जीप र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक घाइते
गुल्मी । गुल्मीमा जीप र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल ठोक्किएर मोटरसाइकल चालक घाइते भएका छन् । जिल्लाको मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास(छल्दी सडकखण्डको रायढुङ्गामा तम्घासतर्फ आउँदै गरेको लु १ च ७३२७ नम्बरको डबलक्याप जीप र विपरीत दिशाबाट गइरहेको लु १३ प ७९५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।
उनका अनुसार, मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका वडा नम्बर ८ छापटोलाका ४३ वर्षीय देब बहादुर बि।क। घाइते भएका हुन् । उनको निधारमा चोट, बायाँ खुट्टा र छातीमा दुखाइ रहेकोमा गुल्मी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा रेफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।