Advertisement
विज्ञापन

गुल्मीको चन्द्रकोट गाउँपालिकामा पनि कपडा बैंक



Advertisement
विज्ञापन

गुल्मीजिल्लाको चन्द्रकोट गाउँपालिकामा कपडा बैंक शुभारम्भ भएको छ । मंगलवार एक कार्यक्रमका बिच चन्द्रकोट गाउपालिका शान्तिपुर बजारमा गुल्मीमै पहिलो पटक उक्त कपडा बैङ्कको उद्धघाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष युबराज के सी ले यो कार्य निकै प्रसंसनीय र परोपकारी भएको हुदा गुल्मीका अन्य पालिकाहरुमा समेत कपडा बैंक आवश्यक रहेको बताए ।  उपाध्यक्ष बिष्णु प्रसाद भण्डारीले मानवीय सेवा गर्ने उद्देश्यका साथ क्लोथ बैंकको सुरुवात यस यस पालिकामा गर्न पाएकोमा क्लोथ बैंक परिवार प्रति आभार प्रकट गरे ।


Advertisement
Advertisement
Advertisement

कार्यक्रममा बोल्दै प्रमुख प्रसासकिय अधिकृत बुद्ध पौडेलले क्लोथ बैंकमा आएका कपडा रिफाइन गरेर व्यवस्थापन गरी पुनः प्रयोगमा ल्याइने हुनाले जो कोहीले पनि प्रयोग गर्न मिल्ने बताए ।

कार्यक्रममा विभिन्न संचारकर्मी,नेपाल रेडक्रस, वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जन प्रतिनिधिहरु विभिन्न बिद्यालयका अध्यक्ष, प्रधानध्यापक, शिक्षक, युवा तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कपडा बैङ्कका अध्यक्ष कमल जि सि ले यो परोपकारी कार्य गर्ने अवसर प्रदान गरेकोमा गाउँपालिकालाई धन्यवाद ज्ञापन गरे । साथै उनले कपडा बैंक संचालन भएको चार महिनाको अवधिमा विभिन्न पालिकाको अनुरोध र सिफारिसमा आगोलागी पिडितहरु ७ सय भन्दा बढी घर धुरी परिवारलाई कपडा प्रदान गर्दा साच्चिकै पुण्यको कार्य गर्न पाएकोमा जि।सी।ले सम्पूर्ण पालिकाहरुलाई धन्यवाद दिए ।

चन्द्रकोट गाउपालिकाको बसपार्क स्थित संकलन बक्स राखिने र संकलित कपडाहरुलाइ पुनस् प्रशोधन (रि साइकल० गरि आवश्यकताका आधारमा वितरण गरिने क्लोथ एण्ड फुड बैंक नेपालका मुख्य अभियान्ता तथा २ न वडा अध्यक्ष कमल के।सी।ले बताए ।
क्लोथ बैंकले भविष्यमा हरेक घर घरमा पुगेर कपडा वितरण गर्ने क्लोथ बैंकको लक्ष्य रहेको छ । क्लोथ एण्ड फूड बैंक नेपालले आगामी २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिले सम्म १६० भन्दा बढी स्थानीय सरकार यो अभियानमा जोडिएका छ्न ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad