Advertisement
विज्ञापन

अर्घाखाँचीमा यातायात व्यवस्था सेवा कार्यलय आउने



Advertisement
विज्ञापन

अर्घाखाँची ।अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा यातायात व्यवस्था सेवा कार्यलय आउने भएको छ ।जिल्लामा रहेका सम्पुर्ण यातायातका साधानहरु नवीकरण , जाचपास, पटके लगायतका सुबिधा प्रवाह गर्नेगरी कार्यालय आउने जनाइएको छ ।

अर्घाखाँची जिल्लामा रहेका यातायात लगायत विभिन्न व्यवसायमा आबद्ध युवा व्यवसायीहरु कृष्ण प्रसाद बन्जाडे, प्रेम प्रकाश पाण्डे र बामदेव गैरे लगायतले यसै जिल्लाका माननीय प्रदेश साम्सद तथा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यलाई भेटी कार्यालय जिल्लामा ल्याउने बारेमा एक खालको सहमति समेत भएको जनाएका छन ।


Advertisement
Advertisement
Advertisement

मन्त्री संगको भेटमा व्यवसायीहरुले २० वर्ष पुराना सवारीहरुको हकमा २ वर्ष म्याद थपको लागि प्रदेश सरकार मार्फत संघिय सरकारलाई सिफारिस गर्ने विषयमा पनि ध्यानाकर्षण तथा अनुरोध गरेको बताए ।

यातायात सुबिधाको हिसाबले अत्यन्तै सम्पन्न अर्घाखाँची जिल्लामा यसको करसेवा कार्यालय नहुदा आम जिल्लाबासीले धेरै नै दुख पाउनुको साथै घाटा ब्यहोर्नु पर्ने अवस्था थियो ।

माननीय मन्त्री आचार्य संगको सहमति बमोजिम आउदो साउन महिना देखि यातायात व्यवस्था सेवा कार्यालय अर्घाखाँचीमा आउने बारेमा प्रतिबद्धता सहितको सहमति भएको अर्घाखाँचीका युवा व्यवसायी कृष्ण प्रसाद बन्जाडेले जानकारी दिएका छन ।स्रोतःअर्घाखाँची बुलेटिन



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad