Advertisement
विज्ञापन

पार्किङमा राखेको जेसिभी आफैँ २०० मिटर तल खस्यो



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीमा पार्किङमा राखेको जेसिभी २ सय मिटर तल खसेको छ । गुल्मीको सदरमुकाम तम्घास नजिकै ह्वाक्ने छहराको सडकमा पार्किङमा राखेको जेसिभी आइतबार विहान पौने ९ बजे आकास्मिक रुपमा आफै गुडेरसंगै रहेको बाईक सहित झण्डै दुई सय मिटर तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रेसुङ्गँ नगरपालिका १२ को सोही स्थानमा पार्किङ गरेको लु १ क २६७८ नम्वरको जेसिभी डोजर र सोही अवस्थामा रहेको लु ३८ प ३९४५ नम्वरको मोटरसाईकल खसेको प्रहरीले जनाएको छ । एक्कासी डोजर आँफै गुडेर मोटरसाईकललाई ठक्कर दिँदै सडकदेखि करिब २०० मिटर तल खसेको हो ।


Advertisement
Advertisement
Advertisement

उक्त डोजर र बाईक दुई सोही पालिका ९ उपल्लो तम्घासका खडानन्द पाण्डेको भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए । घटनामा मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Ads will close in 8 seconds
Skip Ad