करेन्ट लागेर एक जनाको मृत्यु
नवलपरासी। पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ३ श्रीनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३० वर्षीय प्रदिप चौधरी रहेका छन् ।
चौधरी मंगलबार बिहान सवा ५ बजेतिर आफ्नै घरको धारामा मोटर लगाई पानी तान्ने क्रममा सोहि मोटरको तारमा छुन जाँदा करेन्ट लागी घाईते भएका थिए । उनलाई उपचारको लागी जिल्ला अस्पताल परासी ल्याएकोमा डाक्टरले इसिजी गरी हेर्दा मृत घोषणा गरेको हो ।
उनको शव पोष्टमार्टम पश्चात आफन्तले बुझिलगेको नवलपरासीका सुचना अधिकारी एवम् डिएसपी रेशम बोहराले जानकारी दिए ।