Advertisement
विज्ञापन

एमाले बाँकेको अध्यक्षमा गुरुङ विजयी



Advertisement
विज्ञापन

बुटवल । नेकपा एमाले बाँकेको नवौँ जिल्ला अधिवेशनबाट निरक गुरुङ अध्यक्ष पदमा निर्वाचित भएका छन् । सोमबार बिहान सम्पन्न मत गणनाबाट गुरुङले प्रतिद्वन्द्वी डिल्ली बिसीलाई पराजित गर्दै अध्यक्ष पदमा बाजि मारेका हुन् । गुरुङले २९१  मत प्राप्त गर्दा बिसीले १५४  मत मात्र प्राप्त गरे ।

निर्वाचनबाट उपाध्यक्षमा रत्न खत्री विजयी भएका छन् ।  प्रदेश सरकारका सामाजिक विकास मन्त्री समेत रहेका खत्रीले ३१३  मत पाए । यस्तै उनीसँग  पराजित रवीन्द्र लम्सालले १३८ मत पाए ।

त्यसैसरि सचिव पदमा बलराम भट्टराई १३९  मतका साथ विजयी हुँदा खिल प्रसाद भुसालले १०६  मत, भीम वलीले ९५  मत र दत्त आचार्यले ८८  मत पाए ।


Advertisement
Advertisement
Advertisement

नवौँ जिल्ला अधिवेशनमा विभिन्न पदमा निर्विरोध निर्वाचित समेत भएका छन् । जसअनुसार जिल्ला सदस्यमा राप्ती सोनारी गाउँपालिकाबाट खुल्ला (महिला) तर्फ यमकुमारी ओली, सदस्य खुल्ला (पुरुष) तर्फ नरेन्द्रप्रसाद लामिछाने, मनोज केसी र विश्वराज खनाल तथा सदस्य (आदिवासी जनजाति) तर्फ अंकित श्रेष्ठ, सदस्य (दलित)तर्फ लिलमान दमाई, सदस्य (मधेसी)तर्फ लालतारा (अजय गद्दी) निर्विरोध भए ।

यस्तै ज्ञानेन्द्रराज वली र रिताकुमारी खत्री बस्नेत पनि सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । अधिवेशन शुक्रवार एमाले महासचिव शंकर पोखरलले उद्घाटन गरेका थिए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad