Advertisement
विज्ञापन

गुल्मीमा बाढीले जेसिबी र पुल निर्माणका सामाग्रीमा क्षति



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीमा बुधबार राती वर्षाका कारण बर्बोट भनभने, पुर्कोट सडक खण्डमा काम गर्ने निर्माण व्यवसायीका सामाग्री बगाएको छ । बाढीले सडक बिस्तारका क्रममा प्रयोग भएका एसि ककन्ट्रकसनका दुइओटा टिप्पर, दुइ ओटा इस्काभेटर, जेसिबी लगायतका साधन भनभने जुरेढुङा नजिकैको पनाहा खोलामा आएको बाढीले क्षति पुर्‍याएको हो ।

त्यस्तै बाढीले पुल निर्माणको सामानहरुमा समेत क्षति पुर्‍याएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–१ र वडानम्बर–४ जोड्ने पनाहा खोला ठुल्दी भन्ने ठाँउमा निर्माणाधीन पुलका सामानहरु बाढिले बगाएर क्षति पुर्‍याएको छ ।


Advertisement
Advertisement
Advertisement

बाढीले प्लाई, ढुङ्गा फोड्ने ब्रेकर मेसिन, छड, जेनेरेटरलगायतका सामाग्रीमा क्षति पुगेको छ । बाढीले सामाग्री बगाएको प्रहरी चौकी धुर्कोटमा खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक बच्छराज यादबको कमाण्डमा २ जनाको टोली खटिएको थियो ।

प्रहरीले सामाग्रीमा भएको क्षतिको बारेमा अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो । उक्त स्थानमा अन्जना श्रेष्ठ जे।भी। कन्ट्रक्सन तम्घासले निर्माण गर्दै आएको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad