सेयर बजारमा सवा ४ अर्बको कारोबार
काठमाडौं । नेप्से परिसूचक झिनो अंकले बढ्दा माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै बढेको छ ।नेप्से परिसूचक ०.७९ अंक अर्थात् ०.०३ प्रतिशतले बढेर २०१८.७६ बिन्दुमा कायम भएको छ ।
आज माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ३.८० प्रतिशतले बढेको हो । त्यस्तै अन्य समूह ०.२२ प्रतिशतले बढेको छ । त्यसबाहेकका सबै समूह घटेका छन्। विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब ७० करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३१५ स्टकको ५७ हजार २१८ पटक कारोबार हुँदा ४ अर्ब २३ करोड रुपैयाँ बराबरको ८२ लाख ८२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.४ प्रतिशत बढेको छ । त्यस्तै सीईडीबी लघुवित्तको सेयरमूल्य ९.६१ प्रतिशत, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.०३ प्रतिशत बढेको छ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४३ करोड ९० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा उक्त कम्पनी शीर्ष स्थानमा रहेको छ ।
माण्डु हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ५.७६ प्रतिशत घटेको छ । आज सेन्सेटिभ इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०३ अंक घटेको छ