Advertisement
विज्ञापन

६१ वर्षको उमेरमा नागरिकता प्राप्त



Advertisement
विज्ञापन

गुल्मी।गुल्मीको मुसिकोट नगरपालिका ९ कि शान्ती परियारले ६१ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन ।माइत घर झापा रहे पनि माइतिको पहिचान हुन नसकेको र श्रीमान सम्पर्कमा नहुदा परियारले नागरिकता पाउन सकेकी थिईन ।

लामो समयसम्म नागरिकता बिहिन भएकी परियारलाई सोमबार त्यस वडाकी वडा अध्यक्ष भुमा गुरुङ सनाखत बसेर नागरिकता दिलाएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जानकारी दिएको छ । नागरिकता बने संगै आफ्ना अड्किएका कयौं काम बन्नेमा उनले आशा व्यक्त गरिन ।


Advertisement
Advertisement
Advertisement

साथै अब देखि सामाजिक सुरक्षा भत्ता समेत उपलब्ध हुनेछ ।मातृत्व र पितृत्वको ठेगान नभएकालाई राज्यले नागरिकता दिने व्यवस्था गरेपनी झन्झटिलो प्रक्रिया हुँदा नागरिकता लिन बाट धेरै बञ्चित भएका छ्न ।

पछिल्लो समय सरकारले नागरिक ऐन तथा नियमावली संसोधन गरेर बाबुको पहिचान नभएकालाई नागरिकता दिने नयाँ व्यवस्था समेत  लागू गरेको छ । सरकारको यो नयाँ व्यवस्था लागू भए संगै गुल्मीमा पनि आमाको नाम बाट नागरिकता लिनहरुको सङ्ख्या बढ्दै जान थालेको छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad