बढ्यो सुनको मूल्य
काठमाडौँ । आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।
यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ३७ हजार ९०० र तेजाबी सुनको १ लाख ३७ हजार २५० रुपैयाँ कारोवार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार चाँदीको तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।