Advertisement
विज्ञापन

गुडिरहेको स्कुल बसमा आगजनी



Advertisement
विज्ञापन

बुटवल।चितवनमा आज (आइतबार) बिहान एक स्कुल बसमा आगजनी गरिएको छ। चितवनको भरतपुर महानगरपालिका-२०, दद्रेनीमा रहेको स्मल हेभन इङ्लिस बोर्डिङ स्कुलको बसमा आगो लगाइएको हो।

सडकमा गुडिरहेको बागमती प्रदेश– ०६–००१ क ०४५ नम्बरको बस रोकेर अज्ञात समूहले आगो लगाइदिएको हो।बिहान करिब ८ बजे विद्यार्थी लिन गएको सो बसमा तीनवटा मोटरसाइकलमा आएका ६ जनाले आगजनी गरेका हुन्।


Advertisement
Advertisement
Advertisement

बसमा रहेका विद्यार्थी र बस स्टाफलाई उतार्दै मोबाइल नियन्त्रणमा लिएर बसमा आगो लगाई सो समूह भागेको बसका चालकले प्रहरीसमक्ष बताएका छन्।भरतपुरबाट आएको दमकलले आगो नियन्त्रणमा लिएको र आगजनीको जिम्मेवारी अहिलेसम्म कसैले नलिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए।उनका अनुसार कुन समूहले आगजनी गर्‍यो भन्ने हालसम्म पुष्टि भएको छैन।

‘घटनास्थल लगायत अन्य स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरेका छौँ। घटनाको थप अनुसन्धानका लागि खटिए पनि हालसम्म आगजनी गर्ने समूह पत्ता लाग्न सकेको छैन।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad