Advertisement
विज्ञापन

गुल्मीको रेसुङ्गामा जिपलाइन र साइकिलिङ बन्ने



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीको रेसुङ्गामा जिपलाइन र साइकिलिङ बन्ने भएको छ । धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा जिपलाइन र स्काई साइकिलिङ निर्माणका लागि बजेट सुनिश्चित भएको छ । रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीको पहलमा बजेट सुनिश्चित भएको हो ।

संघीय सरकारबाट जाउँ हिँड रेसुङ्गा भन्ने अभियान अन्तर्गत पर्यटन पूर्वाधारको विकासका निम्ति उक्त आयोजनाको लागि करिब एक करोड ४२ लाख बराबरको बजेट व्यवस्थापन गरेको रेसुङ्गा नगरपालिका नगर प्रमख खिलध्वज पन्थीले बताए ।


Advertisement
Advertisement
Advertisement

उनले यस काम तत्काल अगाडि बढ्ने तयारी भएको पनि बताए । बजेट सुनिश्चित भएपछि अब खरिद प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

रेसुङ्गा घुम्न आउने पर्यटकलाई रेसुङ्गा मन्दिर संगै नगरपालिकाले निर्माण गरेको रेसुङ्गा पार्कले अहिले पर्यटक आकर्षित गरिरहेको छ ।

हाल पर्यटकीय पूर्वाधारका लागि बजेट सुनिश्चित भएकोमा जिपलाइन र साइकिलिङ बनेपछि पर्यटकको थप मुख्य गन्तव्य बन्ने नगरप्रमुख पन्थीले बताए । पर्यटकीय संरचनाले थप चहलपहलले अपेक्षा गरिएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad