Advertisement
विज्ञापन

तराईको तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि



Advertisement
विज्ञापन

काठमाडौँ।लुम्बिनी,मधेश र सुदूरपश्चिमसहित तराईका केही ठाउँको तापक्रम बढ्ने क्रममा रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि ती ठाउँहरुमा ४० डिग्री सेल्सियसभन्दा धेरै तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ । ती क्षेत्रमा तातो हावाको लहर चल्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

धेरै गर्मी र तातो हावा चल्दा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुने, बान्ता हुने लगायतका असर देखिने गर्छ ।


Advertisement
Advertisement

तातो हावाबाट बच्नका लागि गर्मीको समयमा घरभित्र अथार्त चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढी नजान, जानै परे शरीर छोप्ने पातलो कपडा लगाउन, पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्य समस्या आएका स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न विज्ञहरुले सुझाव दिएका छन् ।

यसैबीच लुम्बिनी प्रदेश र मधेश प्रदेशसहित तराईका केही ठाउँमा आज हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगको एक–दुई ठाउँमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad