Advertisement
विज्ञापन

आगलागी पीडितलाई घर निर्माणका लागि १ लाख दिने गाउँपालिकाको निणर्य



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले आगलागी पीडितको घर निर्माणको लागि प्रतिघर एक-एक लाख रुपैयाँ तत्काल  उपलब्ध गराउने भएको छ । वैशाख १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले पालिकाभित्र पूर्णरुपमा क्षति पुगेका घरपरिवारलाई तत्काल एक-एक लाख दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जानकारी दिनुभयो ।

गाउँपालिकाको विभिन्न स्थानमालागेको भीषण आगलागीबाट पालिकाभित्रका २६ घर र ४९ गोठ जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट १९९ नागरिक प्रभावित भएका छन् । वर्षायाम सुरु हुन थालेकाले पीडित परिवारको घर निर्माणको लागि एक-एक लाख रुपियाँ गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट व्यवस्था गर्न लागेको  र आगलागी पीडित परिवारको घर निर्माणको कार्य तत्काल सुरु गरेर अन्य ठाउँबाट समेत स्रोत जुटाउन सबैको प्रयत्न जारी रहेको गाउँपालिका अध्यक्ष खड्काले बताउनुभयो ।


Advertisement
Advertisement
Advertisement

गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीबाट मासिक तलबको पाचँ प्रतिशत रकम पीडितलाई राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको छ । जनप्रतिनिधिबाट पाँच लाख ६ हजार र कर्मचारीको १ लाख ५७ हजार गरेर कुल ६ लाख ८३ हजार हुने इस्मा गाउँपालिकाले जनाएको छ ।

आगलागी पीडितका लागि जिल्ला विपद् व्यवस्थापन समिति मार्फत पूर्ण क्षति भएका प्रत्येक घरपरिवारलाई तत्काल राहत स्वरूप प्रति घर २० हजार रकम प्रदान गरिएको छ भने यतिबेला सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले जिन्सी सामान र नगद उपलब्ध गराइरहेका छन् ।

गाउँपालिकाले राहत र उद्धारका काम तीव्र पारिएकाले जस्तापाता सहयोग र नगद रकम राहत कोषमा उपलब्ध गराउन अनुरोध समेत गरेको छन् । आगलागी पीडित परिवारले मौसमजन्य विपद् अन्तर्गत संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा चार लाख रुपैयाँ र गाउँपालिकाको एक लाख गरी प्रतिघर परिवारले पाँच लाख रुपैयाँ पाउने भएका छन् ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad