Advertisement
विज्ञापन

नेपालगन्जमा कटुवा पेस्तोलसहित ३ जना पक्राउ



Advertisement
विज्ञापन

नेपालगन्ज। बाँके प्रहरीले नेपालगन्जबाट एक थान कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले नेपालगन्ज उपमहानगरपालिका वडा नं १३, लोनियनपुरुवाबाट सोमबार एक थान कटुवा पेस्तोलसहित तीन जना व्यक्तिलाई पक्राउ गरिएको बताए । कटुवा पेस्तोलसहित नेपालगन्ज उपमहानगरपालिका वडा नं २३ का सदराम बागवान, सोही ठेगाना भएका साकिर अलि बागवान र नेपालगन्ज उपमहानगरपालिका वडा नं १४ का हुसेन बागवानलाई पक्राउ गरिएको उनले बताए ।


Advertisement
Advertisement
Advertisement

प्रनाउ डाँगीका अनुसार भे ६ प ४९०२ नम्बरको होण्डा साइन मोटरसाइकलमा सवार तीनै जनालाई शङ्का लागि चेकजाँच गर्दा हुसेन बागवानको साथबाट कटुवा पेस्तोल एक थान, उक्त पेस्तोलमा प्रयोग हुने गोली एक थान र तीन थान मोबाइल समेत बरामद गरिएको हो । पक्राउ परेका तीनै जनाका बारेमा थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको बाँके प्रहरीले जनाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad