प्रतितोला ११ सय रूपैयाँ घट्यो सुनको मूल्य
काठमाडौँ। आज नेपाली बजार सुन–चाँदीको मूल्य घटेको छ।आइतबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला १ हजार १सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय ५० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य ३५ रूपैयाँ घटेर प्रतितोला १७ सय ५ रूपैयाँमा किनबेच भइरहेको छ।आइतबार प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भएको थियो ।