Advertisement
विज्ञापन

लुम्बिनी प्रदेशमा मन्त्री थप्न दबाब



Advertisement
विज्ञापन

बुटवल । लुम्बिनीमा प्रदेशमा विना विभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी दिन मुख्यमन्त्री जोखबहादुर महरालाई सकस परिरहेको बेला दलहरू अझै मन्त्री थप्न दबाब दिइरहेका छन् ।

लुम्बिनी प्रदेशमा ७ जना विना विभागीय मन्त्री छन् । वैशाख ६ गते नियुक्त भएका विना विभागीय मन्त्रीहरूले अहिलेसम्म मन्त्रालयको जिम्मेवारी पाउन नसकेका हुन्।


Advertisement
Advertisement
Advertisement

कृषि मन्त्रालयको जिम्मेवारी पाएका जसपाका भण्डारीलाल अहिरले राजीनामा आइतबार दिएका छन् । जसपाले थप एक मन्त्रालय माग गरे पनि नपाएपछि अहिरलाई फिर्ता बोलाइएको जसपामा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले रातोपाटीलाई बताए ।

अध्यक्ष यादवले सरकार गठन गर्ने बेलामा जसपालाई दुई मन्त्रालय दिने सम्झौता भएको दाबी गरे । यस्तै नागरिक उन्मुक्ति पार्टीबाट धर्मबहादुर चौधरी विना विभागीय मन्त्री बने पनि उसले थप एक मन्त्रालय माग गरिरहेको छ ।

नागरिक उन्मुक्ति पार्टीका लुम्बिनी प्रदेश सभा सचेतक नरमाया ढकालले सरकार गठन गर्ने बेलामा दुई वटा मन्त्री दिने आश्वासन दिइएको बताउँदै अहिले नियुक्त भएका चौधरीलाई तुरुन्तै भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिनुपर्ने र अर्को एक जनालाई मन्त्री नियुक्त गर्नुपर्ने अडान रहेको रातोपाटीलाई बताइन् ।

सत्ता गठबन्धनमा रहेका दलहरूले थप मन्त्रालय माग गरिरहेको समयमा मुख्यमन्त्रीकै पार्टी नेकपा माओवादीबाट कृष्णा केसी (नमुना) लाई मन्त्री बनाउन बाँकी छ । माओवादीका प्रमुख सचेतक इन्द्रजीत थारुले केसीलाई छिटै मन्त्री बनाउने बताए ।

लुम्बिनीको ११ सदस्यीय मन्त्रीमण्डलमा मुख्यमन्त्री जोखबहादुर महराले ७ जनालाई विना विभागीय र ३ लाई मन्त्रालयको जिम्मेवारी तोकेका छन् । मुख्यमन्त्री महराले ७ मन्त्रालय आफैँसँग राखेका छन् । सत्ता जोगाउनका लागि मुख्यमन्त्री महराले प्रदेश सभामा एक सदस्य रहेको एकीकृत समाजवादी र एक स्वतन्त्र सदस्यलाई पनि मन्त्री बनाएका छन् ।रासस

 

 



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad