Advertisement
विज्ञापन

गुल्मीका वभिन्न ठाउँमा आगलागि हुँदा ८३ घरगोठ,७५ चौपाया जलेर नष्ट



Advertisement
विज्ञापन

गुल्मी । शनिबार गुल्मी जिल्लाका १३ वभिन्न ठाउँमा आगलागी भएको छ। आगलागीबाट ८३ घरगोठ जलेका छन् भने ७५ पशु चौपाया जलेर नष्ट भएका छन् । त्यस्तै एउटा ट्याक्टर, दुईवटा कुटानीपिसानी मिल , दुईवटा किराना पसल, एउटा मन्दिर पनि जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट २ जना मानिस र ७ पशुचौपाया पनि घाइते भएका छन् ।

जिल्लाको इस्मा गाउँपालिका–२ हाडीखोला, वडा नम्बर ४ को कोटकोटरी र मुर्किना, गुल्मीदरबार गाउँपालिका–६ भलायचौर, मुसिकोट नगरपालिका–५ आँपचौर र अर्लाङ्कोटमा शनिबार आगलागी भएको थियो ।


Advertisement
Advertisement
Advertisement

त्यस्तै मालिका गाउँपालिका–१ म्यालचौर, मदाने गाउँपालिका(१ घडेरी, छत्रकोट गाउँपालिका–१ हुँगा, धुर्कोट गाउँपालिका–६ कुरमचाल्ने, वडा नम्बर ४ रातापोखरा र रुरुक्षेत्र गाउँपालिका– १ भटकुवामा पनि शनिबार नै आगलागी भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार इस्माको सिदुङ्खा, कोटकोटरी र हाडीखोलामा आगलागीले बढी क्षति पुर्‍याएको छ ।

सिदुङ्खामा मात्र १३ घर र २५ वटा गोठ गरी ३८ घरगोठ जलेका छन् । घरगोठ जलेपछि स्थानीय बासिन्दा खुला आकाशमुनि बस्न बाध्य छन् । मरेका पशुचौपायाको व्यवस्थापन पनि हुन सकेको छैन ।

इस्माका बस्ती र जंगले आगोले सखाप बनाएपछि हरिया घाँसपात पनि नभएको स्थानीय बासिन्दाले बताएका छन् । इस्मा गाउँपालिका–१ का वडाध्यक्ष शेरबहादुर कुँवरले केही घाँस संकलन गरेर बस्तीमा लगिएको बताए ।इस्मा गाउँपालिका–२ का वडाध्यक्ष लोकनाथ आचार्यले आगलागी पीडितका लागि राहत संकलन गरिएको बताए ।

जिल्लामा हरेक हिउँदमा आगलागीका घटना हुने गरे पनि निभाउन भने सहज छैन। जिल्लामै एउटा मात्र दमकल रेसुंगा नगरपालिकासँग छ । एकै समयमा धेरै ठाउँमा आगलागी हुने भएकाले एउटा दमकलले मात्र निभाउन कठिन छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad