Advertisement
विज्ञापन

लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने



Advertisement
विज्ञापन

बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । यसअघि एमालेले संसदीय दलका उपनेता अर्घाखांचीका चेतनारायण आचार्यलाई सरकारमा पठाएको थियो । आज भएको सहमति अनुसार आचार्यले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

एमालेबाट अब रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुन कुमार केसी र बांकेका रत्नबहादुर खत्रीलाई मन्त्री बनाउन नाम सिफारिस गरेको एमाले संसदीय दलको कार्यालयले जनाएको छ । एमाले स्रोतका अनुसार ढकालले सहकारी विकास, पन्थीले गृह, केसीले वन र खत्रीले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउने छन् ।


Advertisement
Advertisement
Advertisement

चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका माओवादी केन्द्रका जोखबहादुर महराले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक–एक जना मन्त्री बनाइसकेका छन् । महराले विश्वासको मत समेत लिइसकेका छन् । माओवादीबाट रोल्पाका दिपेन्द्र पुन मन्त्री बनिसकेका छन् । उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

माओवादीबाट थप एक जना बांकेकी कृष्णा केसी मन्त्री बन्ने स्रोतले जनाएको छ । केसीले सिँचाइ, ऊर्जा तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ जसपाबाट भण्डारीलाल अहिर मन्त्री छन् । उनले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नागरिक उन्मुक्ति पार्टीले भौतिक पूर्वाधार विकास मन्त्रालय पाउने छ । तर सो दलभित्र कसलाई मन्त्रीको रूपमा पठाउने भन्ने टुंगो लागेको छैन । लुम्बिनीमा मुख्यमन्त्रीसहित दश मन्त्रालय छन् । अहिलेको भागबण्डा अनुसार दुईवटा मन्त्रालय थप्नुपर्ने देखिन्छ ।

यता जसपालाई २ मन्त्रालय दिने लिखित सहमति भएपनि सहमति पालना नगरेको भन्दै पार्टी सरकारमा नजाने प्रदेश अध्यक्ष अशोक यादवले बताए । तर सरकारका प्रवक्ता दिपेन्द्र पुनले भने आज दिउसोसम्म मन्त्रिपरिषद विस्तार हुने र सांझ सपथग्रहण हुने बताए ।

‘तीनजना विना विभागीय मन्त्रीले आजै मात्र आआफ्नो मन्त्रालयको जिम्मा पायौं, अरु दलबाट पनि मन्त्री हुनेको टुंगो लागेपछि आज सांझ ५ बजे सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ’–प्रवक्ता पुनले भने–‘स्वतन्त्र सांसद खड्ग बस्नेतले पनि मन्त्रीको सपथ लिनुहुन्छ, एकीकृत समाजवादीको टुंगो लागेको छैन, जहांसम्म आउनुहुन्छ होला । एकीकृत समाजवादीबाट प्रदेश सभामा रुपन्देहीकी भगवती अधिकारी मात्रै सांसद छन् ।

मुख्यमन्त्रीमा नियुक्त हुनुअघि दलहरूको बीचमा जसपालाई दुई,नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई पनि सरकारमा सहभागी गराउने लिखित सहमति भएको थियो ।सहमतिअनुसार पार्टीलाई सरकारमा सहभागी गराउनेबारे कुनै छलफल नगरिएको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कार्यालयका सचिव सुदन खनालले बताए ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad