Advertisement
विज्ञापन

दाङको धारापानीमा पर्यटक चहलपहल



Advertisement
विज्ञापन

दाङ। घोराही उपमहानगरपालिका ५, धर्नामा रहेको धारपानीमा पर्यटकीय गतिविधि बढेको छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेपछि यहाँ चहलपहल बढेको हो

धारापानी घुम्न आएका राजापुर नगरपालिका ३, मुरैयाका शिला आचार्यले साथीहरुमाझ चर्चा चलेकाले घुम्न आएको बताइन् । ‘धारापानीको चर्चा धेरै सुनेकाले घुम्न आएको हुँ, यहाँ आउन पाउँदा निकै खुसी लागेको छ’, उनले भनिन् । त्रिशूल, ॐ पोखरी मन्दिरभित्र रहेको पार्क रमाउन पाउँदा आनन्द महसुस गरेको उनले सुनाइन् ।


Advertisement
Advertisement
Advertisement

धारापानीमै तुलसीपुर उपमहानगरपालिका १९ का सविन केसी पनि भेटिए । शनिबारको दिन साथीहरुसँग वनभोजका लागि धारापानी आएको उनले सुनाए । अरुले भनेको र सुनेकोभन्दा आफूले प्रत्यक्ष देख्न पाउँदा निकै फरक हुने भन्दै उनले यो क्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्ने बताए ।

पछिल्लो समय पार्कसहितको पोखरी निर्माणले यहाँको सौन्दर्य बढाएको छ । घोराही बजारदेखि ९ किलोमिटर दक्षिणमा पर्ने धारापानी मन्दिरमा निजी सवारी साधन, सार्वजनिक बस तथा अटोरिक्साबाट सजिल पुग्न सकिन्छ । सो स्थानसम्म पुग्ने सडक पक्की भएकाले स्थानीय र बाह्य पर्यटकको उपस्थितिले चहलपहल बढेको स्थानीयको भनाइ छ । धारपानीमा ५५.५ फिट उचाइको पञ्चधातुको त्रिशुल निर्माण गरिएको छ ।

पछिल्लो समयमा बिदाको दिन परिवारसँग र साथीभाइ मिलेर घुम्न आउनेको संख्या बढ्न थालेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले बताए। दाङलगायत छिमेकी जिल्लाबाट पर्यटक आउने गरेको उनले सुनाए ।

यातायातको सुविधा र घोराही बजारको नजिकै भएका कारण पनि पर्यटकको रोजाइको विषय बनेको उनको बुझाइ छ । ‘दाङ आउने अधिकांश मानिस धारापानी पुगेको जस्तो लाग्छ’, उनले भने, ‘वनभोजका लागि यहाँ बाह्रै महिना भीडभाड हुने गरेको छ ।’

अग्लो त्रिशुल, १०८ शिवलिंग, १०८ बरपिपल जोडी, १०८ समीका वृक्ष, ॐ कुण्ड, पाण्डव शयन शिला, विभिन्न देवीदेवताका मन्दिर, वनजंगल त्यहाँ पुग्ने पर्यटकको रोजाइ बन्ने गरेको छ । नजिकै सरयू गंगा बबई नदी र वरपर हरियाली वातावरण भएका कारण पनि दैनिक हजारौँको संख्यामा बाह्य र आन्तरिक पर्यटकको मनै लोभ्याउँछ ।

मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले धामदेखि करिब २ सय किलोमिटर दक्षिण डाँडामाथि सुनकोटमा भगवतीको मन्दिरसम्म पुग्नलाई ४ हजार ९ सय ६३ सिँढी बनाउने काम सुरु भएको जानकारी दिए ।

गेट निर्माण, पार्किङको व्यवस्था, सिमसार क्षेत्र, तलाउ, टापु लगायतका संरचना गुरुयोजना अनुसार बनेका छन् । गुरुयोजना दाता र राज्यको लगानीमा अगाडि बढेको आचार्यले बताए । सुनकोटमा देवीको मन्दिर तयार गरेर भइसकेको छ ।

धारापानी धामलाई धार्मिक ग्रामका रुपमा विकशित गर्नका लागि दुईवटा खाजा घर, १२ वटा पूजा सामग्री पसल र एउटा कोसेली घर सञ्चालनमा रहेको सचिव आचार्यले जानकारी दिए ।

कोसेली घर स्थापना
घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा धारापानीमा कोसेली घर स्थापना भएको छ । कोसेली घरमा स्थानीय उत्पादन राखिएको छ । स्थानीयस्तरमा उत्पादन भएका वस्तुलाई बिक्री गर्ने उद्देश्यले कोसेली घरको स्थापना गरेको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताए ।

दाङमा उत्पादन हुने माटोको भाँडा, बाँसका सामग्री, दाल, मसौरा, सिन्की, सिमठारो चामल जस्ता उत्पादनले दाङको पहिचान दिने भएकाले यस्ता ‍वस्तु बिक्रीका लागि कोसेली घर निर्माण गरिएको उनले बताए ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad