Advertisement
विज्ञापन

नेप्से ९ अंकले बढ्यो



Advertisement
विज्ञापन

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ९ अंकले बढेको छ । यो साताको पहिलो कारोबार दिन २२ अंकमाथिले नेप्से बढेर सुखद सुरुवात भएकोमा दोस्रो कारोबार दिन मंगलबार थप ९।१४ अंकले बढ्दै नेप्से सूचक २ हजार ३६।०१ अंकमा उक्लिएको हो ।

अघिल्लो दिन सोमबार भने सार्वजनिक बिदा परेकाले बजार बन्द रहेको थियो ।मंगलबार नेप्से सूचकसँगै कारोबार समेत राम्रो भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँ बराबरको ९७ लाख ८९ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।


Advertisement
Advertisement
Advertisement

मंगलबार सबैभन्दा बढी सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८ करोड ८ दाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

९ अंकमाथिले नेप्से बढेको यस दिन होटल तथा पर्यटन, म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स बाहेक १० वटा उपसूचक धनात्मक भएका छन् ।

कूल २४५ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा मंगलबार १५० कम्पनीको मूल्य बढेको छ भने ८६ कम्पनीको मूल्य घटेको छ । बाँकी ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

मंगलबार जानकी फाइनान्स कम्पनी, नेपाल फाइनान्स र पोखरा फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने वीयन नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले घट्न पुगेको छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad