Advertisement
विज्ञापन

युवा पुस्तामा सकारात्मक भावना जागृत गर्नुपर्छ : प्रधानमन्त्री



Advertisement
विज्ञापन

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा पुस्तालाई नेपालमा केही हुन्छ भन्ने विश्वास जगाउनुपर्ने बताएका छन् । लुम्बिनीमा जारी विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण उत्सवका अवसरमा आयोजित कार्यक्रम समापनको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उनले युवाहरूको देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गरेर नेपाल नै केही गर्ने आस देखाउनु पर्ने बताएका हुन् ।

उनले राज्यप्रति युवा पुस्तामा देखिएको अविश्वास, उग्र निराशा तथा नकारात्मकता जस्ता समस्यालाई बेलैमा सुधार गर्दै नेपालमै केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भाव जगाउनु पर्ने बताए । राजनीतिक पुनर्संरचनामा सफल भए पनि प्रत्येक नागरिकको जीवन रूपान्तरण गर्न अर्को क्रान्ति गर्ने समय आएको उनको भनाई थियो ।


Advertisement
Advertisement
Advertisement

नेपालीलाई पूर्ण रूपान्तरणको बाटोमा लगेर एउटा सबल, शान्तिप्रेमी र ऊर्जाशील नागरिक बनाउन सकिन्छ भन्ने आफूमा विश्वास रहेको प्रधानमन्त्री प्रचण्डले बताए । यस्तो रूपान्तरणका लागि कुनै पुरातन वादी धार्मिक राज्यको रूपमा नभएर दिगो शान्ति, सुशासन र सुव्यवस्थालाई सुनिश्चित गर्ने कल्याणकारी वैज्ञानिक आध्यात्मिक राज्यको रूपमा हुनुपर्ने उनले बताए ।

उनले प्रत्येक व्यक्तिभित्र रहेका प्रतिभा, क्षमता र सम्भावनालाई कुनै पनि धर्म, सम्प्रदाय, जाति र वर्गको घेराभन्दा माथि उठेर आध्यात्मिक रूपान्तरणबाट मात्र यो सम्भव हुने बताए । उनले देशको अन्तर्राष्ट्रिय छविमा व्यापक परिवर्तन ल्याउन र विश्व समुदायमाझ नेपाल शान्तिपूर्ण विश्वबन्धुत्वको पक्षमा रहेको सन्देश दिन सबैको सामूहिक प्रयास, प्रतिबद्धता र अठोट आवश्यक रहेको जिकिर गरे ।

जबसम्म व्यक्तिले आफूभित्रको ऊर्जालाई चिनेर व्यवस्थित प्रयोग गर्न जान्दैन तबसम्म उसले खोजेको स्वस्थ शरीर, शान्त मन, ऊर्जाशील र सकारात्मक भाव, आनन्द र चौतर्फी समृद्धि हासिल गर्न नसकिने उनको भनाई थियो । उनले आध्यात्मिक जागरण र साधनाविना बाहिरी रूपमा व्यक्तिले जतिसुकै प्रगति गरे पनि भित्रबाट व्यक्ति अशान्त र अतृप्त नै रहने बताए ।

लुम्बिनी गत शनिवारदेखि सुरु भएको विराट चक्र विज्ञान कार्यक्रममा देशका विभिन्न ठाउँका ५ हजार जनाको सहभागिता रहेको थियो । उनलाई ध्यान र प्रवचन जीवन विज्ञान प्रतिष्ठान संस्थापक एलपी भानु शर्मा र रमेश नेपालले गरेका थिए । उनीहरूले विभिन्न ठाउँमा ध्यान तथा योग गराए पनि धेरै सङ्ख्या लामो कार्यक्रम पहिलो पटक लुम्बिनीमा गरेका हुन् ।स्रोतः रासस



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad