Advertisement
विज्ञापन

लुम्बिनीमा महरालाई मुख्यमन्त्री बनाउने सहमति



Advertisement
विज्ञापन

बुटवल । लुम्बिनी प्रदेश सकारमा पाचौं मुख्यमन्त्रीका रुपमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरालाई नियुक्त गर्ने तयारी भएको छ । नयाँ सत्ता समीकरणसँगै नेपाली काँग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरीरले राजीनामा दिएपछि उक्त राजीनामालाई प्रदेश प्रमुख अमिक शेरचनले आज स्वीकृत गरेर नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी भएको छ ।

संविधानको धारा १६८ को उपचार २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान भएसँगै लुम्बिनी प्रदेश माओवादी केन्द्र संसदीय दलका नेता महराले आफूलाई मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेश गर्ने छन् । प्रदेश प्रमुख शेरचनले आज नै मुख्यमन्त्री नियुक्त गर्ने तयारी रहेको उनको सचिवालयले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement

दलहरूबीच नेकपा एमालेलाई चार, माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित तीन र बाँकी अन्य मन्त्रालय साना राजनीतिक दलहरूलाई दिनेगरी सहमति भएको स्रोतले बतायो । सहमति अनुसार जनता समाजवादी पार्टी ९जसपा० लाई दुई तथा नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदलाई एक–एक मन्त्रालय दिने सहमति पनि भएको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्ग बस्नेतबीच माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री पदमा नियुक्त गर्न समर्थनसहित विहिबार ५ बुँदे सहमती पत्रमा हस्ताक्षर भएको थियो ।

केन्द्रमा नयाँ सत्ता समीकरणसँगै लुम्बिनीमा नेकपा एमाले, एकीकृत समाजवादी, जनता समाजवादी लगायत दलको समर्थनसहित माओवादी केन्द्रमा महरा मुख्यमन्त्री बन्ने भएका हुन् । ८६ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार गठनका लागि ४४ जना सदस्यको समर्थन आवश्यक पर्छ ।

लुम्बिनीमा सबैभन्दा ठूलो दल नेकपा एमालेको २९, कांग्रेसको २७, माओवादीको १० (सभामुखबाहेक), नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्रा पार्टी (राप्रपा) र जनमत पार्टीका ३÷३ सदस्य रहेका छन् भने जनमोर्चा, एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी का १÷१ सदस्य रहेका छन् । एक जना स्वतन्त्र सदस्य रहेका छन् ।

संघीयतापछि लुम्बिनीमा नेकपा एमालेका शंकर पोखरेल पहिलो मुख्यमन्त्री भएका थिए भने, माओवादी केन्द्रका कुलबहादुर केसी दोस्रो, एमालेका लिला गिरी तेस्रो तथा नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी चौथो मुख्यमन्त्री भएका थिए ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad