Advertisement
विज्ञापन

लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्रीले दिए राजीनामा



Advertisement
विज्ञापन

बुटवल । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सरकार ढल्ने भएपछि लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि ब्यबस्थापन मन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् ।मुख्यमन्त्री चौधरीले विश्वासको मत नपाउने भएपछि आजै पदबाट राजीनामा दिने तयारी गरेको अवस्थामा मन्त्री अहिरले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

अहिरको पार्टी जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी संसदीय दलको बैठकले मुख्यमन्त्री चौधरीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । नयाँ गठबन्धनको सरकारमा सहभागी हुने तयारीका लागि मन्त्री अहिरले राजीनामा दिएका हुन् । अहिर बाँके २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।


Advertisement
Advertisement
Advertisement

आज दिउँसो ४ बजे बोलाइएको लुम्बिनी प्रदेशसभा बैठकमा सम्बोधनपछि मुख्यमन्त्री चौधरीले राजीनामा दिनेभएका हुन् । गत बैशाख १४ गते ८ दलका ५३ सांसदको समर्थनमा मुख्मन्त्री बनेका चौधरी ११ सांसद रहेको नेकपा माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि अल्पमतमा छन् ।

लुम्बिनी प्रदेशमा ८६ जना प्रदेशसभा सदस्य छन् । बहुमतका लागि ४४ सांसद चाहिन्छ । प्रदेश सभामा कांग्रेसको २७, नागरिक उन्मुक्ति पार्टीको ४, जनमत पार्टी, राप्रपा र लोसपाको ३र३ तथा जनमोर्चा र स्वतन्त्र सांसदको १÷१ मत पाउँदा पनि मुख्यमन्त्री चौधरीको पक्षमा ४२ मत मात्रै हुनेभएपछि विश्वासको मत नपाउने भएका हुन् ।

यता नयाँ गठबन्धनमा आवद्ध एमालेसँग २९, माओवादीसँग १०  (सभामुखबाहेक), जसपासँग ३ र नेकपा एकीकृत समाजवादीसँग १ प्रदेशसभा सदस्य छन् । नयाँ गठबन्धन एकजुट भए सरकार बनाउन एक सांसदको कमी हुने देखिन्छ । गठबन्धनले स्वतन्त्र, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राप्रपामध्येबाट एक भोट तान्नुपर्छ । लुम्बिनी प्रदेशमा नयाँ गठबन्धनको माओवादी केन्द्रले सरकारको नेतृत्व गर्नेगरी केन्द्रमा दलहरुले सहमती गरेका छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad