Advertisement
विज्ञापन

गुल्मीको (रेसुङ्गा पार्क) गर्जुरा क्षेत्रमा भीषण आगलागी



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीको रेसुङ्गा गर्जुरा क्षेत्रमा भीषण आगलागी भएको छ । बिहीबार बिहान देखी भएको आगलागी हुदाँ यस क्षेत्रमा रहेको रेसुङ्गा पार्क उच्च जोखिममा परेको छ ।

कूल पाँच करोड ५९ लाखमा निर्माण भएको रेसुङ्गा पार्क नजिकै लागेको आगो निभाउने प्रयास भएपनि अझै नियन्त्रणमा नआएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो ।


Advertisement
Advertisement
Advertisement

रेसुंगा पार्क भित्र भ्युटावर, पाँचवटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बालबालिकाका प्ले जोन, पिकनिक स्पोर्ट, दुई शौचालय, प्रशासकीय भवन, टिकट काउन्टर र पुलसहितको पोखरी लगायतका संरचना रहेका छन् ।

पार्क ३ .९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । आगो निभाउनको लागि यति वेला उक्त क्षेत्रमा दमकल, सुरक्षाकर्मी र रेसुङ्गा नगरपालिकाको समूह पुगेको छ । आगो निभाउने क्रम जारी छ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad