सुनको मूल्यमा फेरि अर्को नयाँ रेकर्ड
गुल्मी । नेपाली बजारमा आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३३ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३२ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन मंगलबार भने सुनको भाउ प्रतितोला ४ सय रूपैयाँ घटेको थियो। मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेको हो।
बुधबार चाँदीको मूल्य ६५ रुपैयाले बढेर प्रतितोला एक हजार छ सय १० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।मंगलबार चाँदी प्रतितोला एक हजार पाँच सय ४५ रूपैयाँमा कारोबार भएको थियो।