Advertisement
विज्ञापन

उच्च मूल्यबाट ४ सयले घट्यो सुनको मूल्य



Advertisement
विज्ञापन

काठमाडौं ।आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३१ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३० हजार पाँच सय ५० रूपैयाँमा  कारोबार भइरहेको छ।


Advertisement
Advertisement

सोमबार छापावाल सुन प्रतितोला एक लाख ३१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३० हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य  घटे पनि चाँदी भने बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ५३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ बढेर १ हजार ५४५ रुपैयाँ कारोबार भएको छ ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार पाँच सय ४५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

सोमबार चाँदी प्रतितोला एक हजार पाँच सय ३५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad